शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर उपलब्ध गराउँदै आएको यस सामुदायिक क्याम्पसले छोटो समयमै शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय फड्को मारेको छ ।विसं २०६६ मा स्थानीय विद्यालयको एउटा सानो कोठाबाट सीमित स्रोतसाधनका बीच सुरु भएको क्याम्पस आज आफ्नै भवन, व्यवस्थित कक्षाकोठा, पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगशालालगायत पूर्वाधारसहित शैक्षिक रूपमा अब्बल संस्थाका रूपमा विकास भएको छ ।

 

 

“सुरुआती दिनहरूमा आफ्नै भवन नहुँदा श्रीकृष्ण माध्यमिक विद्यालयको भवनमा विद्यालय छुट्टी भएपछि बेलुका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता थियो”, क्याम्पस प्रमुख भवराज निरौला भन्नुहुन्छ, “सीमित स्रोत, न्यून पूर्वाधार र अनेक चुनौतीका बीच सुरु भएको शैक्षिक यात्रा आज भने फरक मोडमा पुगेको छ ।”उहाँका अनुसार हाल क्याम्पसको आफ्नै छ कट्ठा जग्गामा पक्की भवन निर्माण भइसकेका छन । बिहान ७ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म नियमित रूपमा पठनपाठन सञ्चालन हुने गरेको छ । जसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी गर्न सहज वातावरण उपलब्ध गराएको छ ।

 

 

क्याम्पसको सबैभन्दा उल्लेखनीय पक्ष यहाँ अध्ययनरत विद्यार्थीमध्ये करिब ८० प्रतिशत छात्रा हुनु हो । तीमध्ये करिब २२ प्रतिशत विवाहित महिला रहेका छन् ।“घरायसी जिम्मेवारी, खेतीपाती र सन्तानको हेरचाहका बीच पनि आफ्नै नगरपालिकाभित्र स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गर्न पाउनु यहाँका महिलाका लागि ठूलो अवसर बनेको छ”, क्याम्पस प्रमुख निरौलाले भन्नुभयो, “यसले ग्रामीण क्षेत्रमा महिला शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुगेको छ ।”

 

 

हाल शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडा, छिमेकी कृष्णपुर नगरपालिका तीन वडा तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट गरी ४८७ विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेका छन् । क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएस र शिक्षा संकाय अन्तर्गत बिएड कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्नातकोत्तर तहमा शिक्षा सङ्कायअन्तर्गत एमएड (नेपाली) कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीय तहमै स्नातकोत्तर तहसम्म अध्ययनको अवसर उपलब्ध हुनु यस क्षेत्रका विद्यार्थीका लागि ठूलो उपलब्धिका रुपमा रहेको छ ।

 

 

धेरै क्याम्पसमा डिग्री त पाइन्छ, तर सीप र रोजगारी पाइँदैन भन्ने धारणा रहेको अवस्थामा यस क्याम्पसले भने अध्ययनलाई सीप र रोजगारीसँग जोड्ने प्रयास गरेको छ । क्याम्पस प्रमुख निरौलाका अनुसार, यहाँ अध्ययनरत करिब ३० प्रतिशत विद्यार्थी विभिन्न रोजगारीमा आबद्ध रहेका छन् । धेरै विद्यार्थी बिहान क्याम्पसमा अध्ययन गर्ने र दिउँसो निजी विद्यालयहरूमा अध्यापन गराउने, वित्तीय संस्था तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने गरेका छन् । यसले विद्यार्थीले कमाउँदै पढ्ने वातावरण बनेको र अभिभावकलाई आर्थिक बोझ कम भएको उहाँ बताउनुहुन्छ ।

 

 

शैक्षिक गुणस्तर कायम राख्न वार्षिक शैक्षिक क्यालेन्डर बनाएर नियमित पठनपाठन, परीक्षा, अतिरिक्त कक्षा तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सिद्धराज भट्टले बताउनु भयो ।  “विद्यार्थीको आकर्षण बढाउन अतिथि शिक्षकको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “पढाइमा कमजोर विद्यार्थीहरूका लागि निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था गरेका छौँ, विद्यार्थी भर्ना वृद्धि गर्न आसपासका माध्यमिक विद्यालयहरूसँग समन्वय गर्दै कक्षा १२ का विद्यार्थी र प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।” गत शैक्षिक सत्रमा यस प्रयासको परिणामस्वरूप स्नातक प्रथम वर्षमा मात्रै १५८ जना नयाँ विद्यार्थी भर्ना भएको उहाँले उल्लेख गर्नुभयो ।

 

 

उहाँका अनुसार, विद्यार्थीलाई आर्थिक रूपमा राहत दिन विभिन्न छात्रवृत्ति योजना पनि सञ्चालन गरिएको छ । प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई शत्प्रतिशत, द्वितीय हुनेलाई ७५ प्रतिशत र तृतीय हुनेलाई ५० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको छ । त्यस्तै ३ दशमलव ५ भन्दा बढी जिपिए ल्याएर भर्ना हुने विद्यार्थीलाई शत्प्रतिशत शुल्क मिनाहा गरिने व्यवस्था छ । विपन्न, दलित, जनजाति, अपाङ्ग, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका विद्यार्थीमध्ये पाँच प्रतिशतलाई आन्तरिक छात्रवृत्ति प्रदान गरिन्छ भने विश्वविद्यालय अनुदान आयोगमार्फत छनोट भएका विद्यार्थीलाई वार्षिक रु एक हजार ५०० का दरले चार वर्षसम्म छात्रवृत्ति उपलब्ध गराइँदै आएको छ ।

 

 

क्याम्पसले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी सीप, तालिम र रोजगारीसँग जोड्ने कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको अध्यक्ष भट्ट बताउनुहुन्छ । “नगरपालिका क्षेत्रभित्र रहेका बैंक, सहकारी संस्था र बीमा कम्पनीहरूमा विद्यार्थीलाई इन्टर्नसिपको अवसर प्रदान गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “लोक सेवा आयोग, शिक्षक सेवा आयोग र बैङ्किङ क्षेत्रसम्बन्धी तयारी कक्षा सञ्चालन गरिँदै आएको छ, जसबाट विद्यार्थीलाई भविष्यमा रोजगारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

 

 

भौतिक पूर्वाधारका दृष्टिले पनि क्याम्पस उल्लेखनीय रूपमा सुधार आएको निवर्तमान क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले बताउनुभयो । उहाँका अनुसार क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगशाला, प्रोजेक्टरसहितका कक्षाकोठा, स्वच्छ खानेपानी र शौचालयलगायतका आधारभूत संरचना उपलब्ध छन् ।

 

 

“पछिल्लो समय कक्षा १२ पछि विद्यार्थी विदेश जाने क्रम बढ्दै गएकाले स्थानीय क्याम्पसहरूमा विद्यार्थी सङ्ख्या घट्ने जोखिम देखिएको छ,” उहाँले भन्नुभयो, “यस समस्यालाई समाधान गर्न क्याम्पसमा विद्यार्थीको रुचिअनुसार प्राविधिक, व्यावहारिक तथा सूचना प्रविधिसम्बन्धी विषय थप गर्नुपर्ने आवश्यकता छ ।” अभिभावकहरूलाई पनि आफ्नै क्षेत्रको क्याम्पसको महत्व बुझाउन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

 

 

नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले क्याम्पसको सर्वाङ्गीण विकासका लागि स्रोतसाधनले भ्याएसम्म आफ्ना तर्फबाट पैरवी गर्ने बताउनुभयो । शिक्षाको गुणस्तर कायम राख्न नगर क्षेत्रका शैक्षिक संस्थामा नगरपालिकाले लगानी बढाउँदै लगिएको उहाँको भनाइ छ ।हाल २० जना शिक्षक र चार जना कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको यस क्याम्पसले शैक्षिक गुणस्तर, छात्रवृत्ति, रोजगारमुखी कार्यक्रम, भौतिक पूर्वाधार विकास तथा समावेशी शिक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको क्याम्पस सल्लाहकार समितिका सदस्य उत्तमराज भट्टले बताउनुभयो । “समयको मागअनुसार नयाँ विषय थप गर्दै सूचना प्रविधिमैत्री, सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिन सके भविष्यमा यो क्याम्पस सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक संस्थाका रूपमा स्थापित हुने सम्भावना रहेको छ” उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ,  प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

धनगढीका अवकाशप्राप्त कर्मचारी कर्ण जित साउँद सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्। परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९