चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

कञ्चनपुर । सुदूरपश्चिमका कलाकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा सञ्चालन हुने यो प्रतिष्ठित म्युजिक अवार्ड यस वर्ष चौथो संस्करणमा प्रवेश गरेको छ।

 

 

सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्दले चौथो संस्करणको अवार्ड कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमका प्रतिभाशाली कलाकारहरूलाई प्रेरणा प्रदान गर्नुका साथै उनीहरूको सिर्जनात्मक कार्यको उचित मूल्याङ्कन गर्नेछ। “हामीले सन् २०७९ मा प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डको आयोजना गरेका थियौं,” अध्यक्ष चन्दले भन्नुभयो, “हरेक वर्ष यसलाई निरन्तरता दिँदै आएका छौं र यस वर्ष पनि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।”

 

अवार्डका प्रमुख विधाहरू

यस वर्षको चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२ मा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिनेछ। मुख्य विधा अन्तर्गत भाषाभाषी गीत, लोक गीत, डेउडा गीत, आधुनिक गीत, राना थारु गीत, र मौलिक/चाडपर्वका गीत समेटिएका छन्। यी प्रत्येक विधामा निम्न उप-विधाहरूमा अवार्ड प्रदान गरिनेछ:

 

 

सर्वोत्कृष्ट गीत

 

सर्वोत्कृष्ट गायिका र गायक

 

सर्वोत्कृष्ट नव गायक र नव गायिका

 

सर्वोत्कृष्ट अभिनय महिला र पुरुष

 

सर्वोत्कृष्ट नव अभिनय महिला र पुरुष

 

सर्वोत्कृष्ट सर्जक

 

सर्वोत्कृष्ट नव सर्जक

 

सर्वोत्कृष्ट निर्देशक

 

सर्वोत्कृष्ट संगीतकार

 

सर्वोत्कृष्ट ध्वनी सम्पादन

 

सर्वोत्कृष्ट एरेञ्जर

 

सर्वोत्कृष्ट छायांकन

 

सर्वोत्कृष्ट भिडियो सम्पादन

 

सर्वोत्कृष्ट श्रृंगार

 

सर्वोत्कृष्ट कोरियोग्राफर

 

यीबाहेक, अवार्डमा उद्घोषक (पुरुष र महिला), कला पत्रकारिता (पुरुष र महिला), र खोज कला–पत्रकारिता (पुरुष र महिला) विधामा पनि अवार्ड प्रदान गरिनेछ।

 

अवार्डका नियमहरू

आयोजकका अनुसार अवार्डमा सहभागी हुनका लागि केही नियमहरू तय गरिएका छन्:

 

अवार्डमा सहभागिताका लागि प्रत्येक विधाको रु. १०००/- शुल्क लाग्नेछ।

 

अवार्डका सम्पूर्ण नियमहरू आयोजकले निर्धारण गरे बमोजिम नै हुनेछन्।

 

विजेताको छनोटमा ४० प्रतिशत भोट, ५० प्रतिशत निर्णायक मण्डल र १० प्रतिशत आयोजक टिमको निर्णय लागु हुनेछ।

 

अवार्डमा सहभागी भइसकेपछि कुनै पनि किसिमको विवाद गर्न पाइने छैन।

 

यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने र यस क्षेत्रका लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

आवेदन दिन निम्न नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

नेपाल सम्पर्कः ९८४८५४१४१०,९८४८६९८९४४,९७६७४१८०९० भारत : ८८४८१५७४४५,९५६६२६००५७,८३२९२७८९११,९००४२९७४५२

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?