ब्रेकिंग न्युज ( Banner News )

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने

दमौली (तनहुँ),  तनहुँको ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा रु एक करोड ४४ लाखको लागतमा विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो । सामाजिक

पुरा पढ्नुहोस
शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौँ,  सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू

पुरा पढ्नुहोस
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

काठमाडौँ, राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो । उहाँको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र

पुरा पढ्नुहोस
राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिनुभएको हो । त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह,

पुरा पढ्नुहोस
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति

लुम्बिनी, प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान

पुरा पढ्नुहोस
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

काठमाडौं,  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ । सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी

पुरा पढ्नुहोस
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

काठमाडौँ, धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते  जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र

पुरा पढ्नुहोस
शुक्लाफाँटामा बाघ गणना सम्पन्न

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।   गत फागुन अन्तिम सातादेखि

पुरा पढ्नुहोस
सुशासन र पारदर्शितामा सांसदहरूको जोड

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताउनुभयो । सोही

पुरा पढ्नुहोस
स्नातकोत्तर सम्मेलन सुरु

महेन्द्रनगर (धनुषा),  अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज देखि जनकपुरधाममा सुरु भएको छ । राजर्षि जनक विश्वविद्यालय, अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति

पुरा पढ्नुहोस