ब्रेकिंग न्युज ( Banner News )

निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र  निजको तर्फबाट

पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी,  नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल

पुरा पढ्नुहोस
निर्वाचन ४० दिन बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब

पुरा पढ्नुहोस
उत्साहित छन् नयाँ मतदाता

चितवन,  दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहोल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन्भने दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका

पुरा पढ्नुहोस
साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

चितवन,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् ।

पुरा पढ्नुहोस
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

काठमाडौँ,  जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित  हुनुभएको छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित हुनुभएको छ

पुरा पढ्नुहोस
मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

जलेश्वर(महोत्तरी), नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा

पुरा पढ्नुहोस
रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

लुम्बिनी, फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गर्नुभएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले स्थायी आवसीय अनुमतिपत्र (पिआर)

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ ।नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र

पुरा पढ्नुहोस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए

मनाङ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र

पुरा पढ्नुहोस