ब्रेकिंग न्युज ( Banner News )

मतदान शान्तिपूर्ण : सूचना आयोग

काठमाडौँ, राष्ट्रिय सूचना आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको जनाएको छ । आयोगले भक्तपुर, काभ्रेपलाञ्चोक, गुल्मी, कास्की र तनहुँका विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको थियो ।सहरी क्षेत्रमा मतदानमा उत्साहजनक सहभागिता रहेको

पुरा पढ्नुहोस
म्याग्दीमा ५४.२ प्रतिशत मत खस्यो

म्याग्दी, बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ५४.२ प्रतिशत मत खसेको छ । ८६ हजार ३९७ मध्ये ४६ हजार ८९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला

पुरा पढ्नुहोस
कञ्चनपुर–२ मा मतगणना सुरु

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिनुभयो । शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा

पुरा पढ्नुहोस
छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही),  यस जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक जिल्लामा कुनै प्रकारको विवाद नभएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । चारवटा निर्वाचन क्षेत्र

पुरा पढ्नुहोस
बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके) बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो । सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर

पुरा पढ्नुहोस
जुम्लामा ४१ हजार २१० मत खस्यो

जुम्ला,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये करिब ४१ हजार २१० अर्थात् ५७.४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी

पुरा पढ्नुहोस
तनहुँमा ५१.७४ प्रतिशत मतदान

दमौली (तनहुँ),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको

पुरा पढ्नुहोस
सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै

सिरहा,  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको

पुरा पढ्नुहोस
कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णाली,  कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ । डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान

पुरा पढ्नुहोस
शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

काठमाडौँ,  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । सभापति गगनकुमार थापाले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण

पुरा पढ्नुहोस