ब्रेकिंग न्युज ( Banner News )

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

रसुवा ।    यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि

पुरा पढ्नुहोस
अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

भोजपुर ।   वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् । उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट

पुरा पढ्नुहोस
क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

काठमाडौँ।   सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त

पुरा पढ्नुहोस
सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

इनरुवा (सुनसरी) ।   सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो । बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री

पुरा पढ्नुहोस
एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

ढोरपाटन (बागलुङ),  निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा

पुरा पढ्नुहोस
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चार/पाँच जनाले घटनाका

पुरा पढ्नुहोस
जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला ।   जुम्लामा यसवर्षको दसैँमा रु १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष रु १० करोड रकम

पुरा पढ्नुहोस
सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

जनकपुरधाम ।    प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ

पुरा पढ्नुहोस
‘भरपर्दाे एवं गुणस्तरीय सेवासहित जनताका समस्या सम्बोधन गर्न निर्देशन’

काठमाडौँ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभएको छ । विद्युत् आपूर्तिमा समस्या देखिन थालेको भनी देशका विभिन्न ठाउँबाट गुनासा आइरहेको भन्दै

पुरा पढ्नुहोस