ब्रेकिंग न्युज ( Banner News )

दुई ठाउँको हाटबजारले कृषक र उपभोक्तालाई सहज

दमौली (तनहुँ)।    तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ । गाउँपालिकाले दुई साता अगाडिदेखि आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धिगणेश टोलमा हाटबजार विस्तार गरेको थियो

पुरा पढ्नुहोस
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा

देवदह (रुपन्देही)।   लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा

पुरा पढ्नुहोस
यात्रुबाट मनपरी भाडा असुली

खोटाङ ।  जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर

पुरा पढ्नुहोस
आलेखः स्वदेशमै पौरख गर्ने हुटहुटीले लाहाखेती

झापा ।    भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख

पुरा पढ्नुहोस
उपसभामुख राना र उपाध्यक्ष घिमिरेद्वारा बडादसैँको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौँ ।    उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताउनुभएको छ । बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने

पुरा पढ्नुहोस
गाउँमा नै राष्ट्रिय परिचयपत्र

सिमकोट (हुम्ला) । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला

पुरा पढ्नुहोस
बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी।   पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिनुभयो । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका

पुरा पढ्नुहोस
कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

जलेश्वर (महोत्तरी) । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट

पुरा पढ्नुहोस
दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाइँदै नेवार समुदाय

भादगाउँ (भक्तपुर) ।  मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसँैको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडादसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ

पुरा पढ्नुहोस
‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

सुरुङ्गा (झापा)।   ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

पुरा पढ्नुहोस