ब्रेकिंग न्युज ( Banner News )

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 

पुरा पढ्नुहोस
अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

तुलसीपुर (दाङ),  दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिनुभयो

पुरा पढ्नुहोस
गृहमन्त्रीसँग र अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री अर्यालले पछिल्लो

पुरा पढ्नुहोस
किसानलाई उत्पादनमा आधारित अनुदान

गोरखा,  जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम लागू गरेको थियो । कार्यक्रमलाई थप व्यवस्थित बनाउन पालिकाले

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सातदिनभित्र लिखित जवाफ माग

काठमाडौँ, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र उहाँको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा

पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी, वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक

पुरा पढ्नुहोस
असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित

पुरा पढ्नुहोस
कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

तानसेन (पाल्पा), पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ । आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५

पुरा पढ्नुहोस
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ,  होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगिता हुने भएको छ । यही कात्तिक १८ गतेदेखि हुने उत्त प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २००

पुरा पढ्नुहोस
अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ, १२ कात्तिक : सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो । सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको

पुरा पढ्नुहोस