ब्रेकिंग न्युज ( Banner News )

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा,  स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन् ।पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग

पुरा पढ्नुहोस
नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

म्याग्दी,  बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको

पुरा पढ्नुहोस
तनहुँमा धान उत्पादन बढ्यो

दमौली (तनहुँ), यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १,

पुरा पढ्नुहोस
स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

काठमाडौँ,प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।उहाँको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै

पुरा पढ्नुहोस
एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौँ, नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको

पुरा पढ्नुहोस
वडाध्यक्ष थापाको निधन

काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक

पुरा पढ्नुहोस
एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ

पुरा पढ्नुहोस
भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन (बागलुङ),  भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू

पुरा पढ्नुहोस
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी,  यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल,

पुरा पढ्नुहोस
कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर

पुरा पढ्नुहोस