ब्रेकिंग न्युज ( Banner News )

सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते

चितवन।    भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो

पुरा पढ्नुहोस
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष विसं २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो

पुरा पढ्नुहोस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

महोत्तरी।   सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।

पुरा पढ्नुहोस
सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

राष्ट्रिय समाचार समिति (रासस) वासिङ्टन डिसी (अमेरिका)।   अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गर्नुभएको छ । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गर्नुभएको

पुरा पढ्नुहोस
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

सिमकोट, (हुम्ला) ।  हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु

पुरा पढ्नुहोस
हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा

पुरा पढ्नुहोस
पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा

पुरा पढ्नुहोस
नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा

पुरा पढ्नुहोस
झापामा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ निर्माण

बनियानी (झापा) ।   शिवसताक्षी नगरपालिका–१० माईधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा रू ११ करोडको लगानीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ (मन्दिर) निर्माण भएको छ । विभिन्न दाताहरुको सहयोगमा दक्षिण शैलीमा आश्रम परिसरमा मन्दिर निर्माण गरिएको

पुरा पढ्नुहोस