ब्रेकिंग न्युज ( Banner News )

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित

पुरा पढ्नुहोस
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’

काठमाडौँ,  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उहाँले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त

पुरा पढ्नुहोस
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर,  नेकपा (एमाले)को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित

पुरा पढ्नुहोस
ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन

पुरा पढ्नुहोस
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की, पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर

पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

गण्डकी,  गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव

पुरा पढ्नुहोस
पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई ‘राष्ट्रिय रेबिज रिफरल प्रयोगशाला’को जिम्मेवारी

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई राष्ट्रियस्तरमा रेबिज रोगको अनुसन्धान तथा निदानात्मक गतिविधिहरू सञ्चालन गर्नेगरी ‘राष्ट्रिय रेबिज रिफरल (प्रेषित)प्रयोगशाला’ को जिम्मेवारी प्रदान गरिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस प्रयोगशालालाई

पुरा पढ्नुहोस
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ ।विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले

पुरा पढ्नुहोस
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

बागमती, बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार

पुरा पढ्नुहोस
बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा),   सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ ।आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ ।

पुरा पढ्नुहोस