बर्दियाबाट ३०० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बर्दियाको ठाकुरबाबाबाट पार्टीका सयौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी प्रबेश

शुक्रबार, साउन १३, २०७९, बौनियाँ,कैलाली ।नागरिक उन्मुक्ति पार्टीको कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा न.२ रानीपुर भुरीगाउँमा शुक्रबार सम्पन्न भएको छ ।नागरिक उन्मुक्ति पार्टी ठाकुरबाबा नगर कमिटी द्वारा आयोजित कार्यक्रममामा भएको कार्यक्रममा नेकपा माओवादि,एमाले,नेपाली कांग्रेस राप्रपा परित्याग गरि सयौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छ्न । पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय प्रवक्ता दामोदर पन्डित,केन्द्रिय संगठन बिभाग प्रमुख लक्षमण किशोर जोगेथवा कार्यक्रममा पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उल्खिनिय सहभागिता रहेको थियो।पछिल्लो समय उक्त पार्टिले आफ्ना गतिविधि लाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्दै आएको छ ।पार्टीमा प्रवेश हुने लहर नै देखिएको छ । आगामी संसदीय चुनाव लाई लक्षित गरि पार्टिले गतिविधि बढाई रहेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो । चौधरीका अनुसार आजको पार्टी प्रवेश कार्यक्रममा एक हजार जना नागरिकको उपस्थिति रहेको थियो भने ३०० जना नागरिक उन्मुक्ति पार्टी प्रबेश गरेका छन् ।रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१