दुर्गम जिल्लामा सिभिल ईन्जिनियर पढाइ सुरू, ५५ जना भर्ना

मुगु । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ ।आईतवार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको शुभारम्भ गरेका हुन् ।

 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको आरम्भसँगै मुगुमा दक्ष जनशक्ति उत्पादन हुन सके यस जिल्लाको विकास निर्माण लगायतको कार्यमा उपयोगी हुने बताए ।मन्त्री शाहीले युवालाई प्राविधिक शिक्षा दिन सकिएमा रोजगारीका अवसर सिर्जना हुने र विदेश पलायनमा समेत कमी आउने उल्लेख गरे ।उनले यस धारबाट निस्कने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्र नभई आर्थिक, सामाजिक र भौतिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए ।अबका दिनमा विद्यार्थीले अध्ययन गरेर सिधै व्यवहारमा ज्ञान उपयोग गर्न सक्ने उनको भनाई छ ।

 

त्यसैगरी छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागि गर्वको कुरा भएको बताए । उनले स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।उनले अहिले पहिलो वर्ष ३० लाख बजेट व्यवस्थापन गरेको र यो आवश्यक अनुसार बढ्दै जाने बताए । उनका अनुसार आजका दिनसम्म प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता थियो । अब भने घरमै बस्दै गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्न सकिने नगरप्रमुख भामले बताए ।

 

सिभिल इन्जिनियरिङ धार सुरु भएपछि मुगु जिल्लाका विद्यार्थीले राजधानी वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।यससँगै स्थानीयस्तर मै दक्ष जनशक्ति उत्पादन हुने र जिल्लाका विकास निर्माणका काममा गति आउने विश्वास लिइएको नगरप्रमुख भामकाे भनाई छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र मल्लले विद्यालयमा नयाँ धार सुरु हुनुलाई ऐतिहासिक उपलब्धि भन्दै विद्यार्थीलाई अनुशासित, दक्ष र जिम्मेवार प्राविधिक जनशक्ति बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए । उनले अभिभावक र सरोकारवालालाई यस धारलाई सफल बनाउन सहकार्य गर्न आग्रह गरे ।महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ ।पहिलो वर्ष ५५ जना भर्ना भएका छ्न् । दुर्गममा प्राविधिक धारकाे कक्षा सञ्चालन हुदाँ यहाका बिद्यार्थी लाई राहत पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

काठमाडौँ,  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शृङ्गेरीका शङ्कराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना

काठमाडौँ, दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ । आज बिहान उहाँ बूढानीलकण्ठमा पूजाआराधनाका लागि आज आउनुभएको हो ।मन्दिरमा उहाँ पूजामा सहभागी भई सहस्रकमल अर्पण गर्नुभयो । पूजाआराधनापछि मन्दिर परिसरमा प्रवचन दिँदै शृङ्गेरीका शङ्कराचार्य विधुशेखरले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९