
ब्युनार्स । अर्जेन्टिनाका नयाँ राष्ट्रपति र अर्थशास्त्री जाभियर मिलाले पदको सपथ लिएका छन । सपथसँगै आफ्नो पहिलो भाषणमार्फत चेतावनी दिएका छन कि यस दशकमा देशको सबैभन्दा खराब आर्थिक अवस्थालाई ठीक गर्न कठोर नीतिहरू अपनाउनुको विकल्प छैन। जेभियर मिलाइ एक अर्थशास्त्री थिए। उनलाई कट्टर दक्षिणपन्थी नेता मानिन्छ। मानिसहरूले मिलेलाई ‘अर्जेन्टिनाको ट्रम्प’ पनि भन्ने गर्छन्।
आइतबारको पहिलो सम्बोधनमा उनले दशकौंको खराब आर्थिक नीतिले देशको कमर भाँचिएको बताएका हुन। जसका कारण मुलुकको
मुद्रा स्फीति २०० प्रतिशतले बढेकोले आर्थिक संकटबाट बाहिर निस्कन तीतो निर्णय लिनुपर्ने हुन्छ । उनले देश विकासका लागि पैसा नभएको पनि बताएका छन् । अहिलो सो देशको सामु ठूलो चुनौती रहेको छ । अर्जेन्टिनाको विदेशी मुद्रा सञ्चिति १० अर्ब डलर रहेको अनुमान गरिएको छ भने वार्षिक मुद्रास्फीति १४३ प्रतिशत रहेको र निरन्तर बढिरहेको छ । देशमा जुनसुकै बेला मन्दी आउन सक्छ। देशमा लगानी गर्ने पूँजी छैन ।
लामो समयदेखि आर्थिक मन्दीबाट गुज्रिरहेको मुलुकले नियमित घाटा कम गर्नका लागि नोट छापेको थियो तर यसका कारण मुद्रास्फीति बढेको र त्यसका कारण अर्जेन्टिनाको मुद्रा पेसो पनि कमजोर भएको छ । पछिल्लो समय मुद्रा सञ्चिति घट्दै गएकाले यो अवस्था झनै बिग्रिएको छ । यस वर्षको सुरुमा खडेरीले मुख्य नगदे बाली, भटमास र मकैको मूल्यमा असर गरेको छ। जेभियर मिलाइले आफ्नो मन्तव्यमा मुद्रास्फीति नियन्त्रण नभए वार्षिक १५ हजार प्रतिशत पुग्ने बताए । उनले मुद्रास्फीति नियन्त्रणका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।