भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

काठमाडौं। भारतमा हरेक वर्ष १५ अगस्टका दिन देशैभर स्वतन्त्रता दिवस मनाइन्छ, पाकिस्तानमा भने हिजै स्वतन्त्रता दिवस मनाइएको थियो । भारत आज स्वतन्त्रताको उत्सवमा डुबेको छ, यो दिन गोवाका लागि पनि उत्साहको दिन हो तर स्वतन्त्रताको कथा यहाँ अलि फरक रहेको छ ।किन भने गोवाको स्वतन्त्रता १५ अगस्तमा भएको थिएन, झन्डै १४ बर्ष पछि मात्रै स्वतन्त्र भएर भारतमा सामेल भएको थियो । किनभने, यसको एउटा ऐतिहासिक कारण रहेको छ ।

 

अंग्रेजहरूले देश छोडेर स्वतन्त्रता पाएको दिनलाई भारतीयहरूले अगस्त १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँछन् तर गोवामा भने १५१० देखि पोर्चुगलको उपनिवेश रहेको थियो। अंग्रेजहरूले भारतमा पाइला टेकेर देश छोडे पनि पोर्चुगिजहरूले यहाँ शासन गरि नै रहेका थिए । भारत स्वतन्त्र भएपछि पनि पोर्चुगिजहरूले सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेका थिए ।

 

यही कारण थियो कि १५ अगस्ट १९४७ को मध्यरातमा गोवाबाहेक भारतका सबै भागले अंग्रेजहरूबाट स्वतन्त्रता पाएका थिए तर गोवाले पाउन सकेको थिएन। अब हामी बताउने छौं, उसो भए गोवाले कहिले र कसरी स्वतन्त्रता प्राप्त गर्यो त ?

 

खासमा गोवाले १९ डिसेम्बर १९६१ सम्म औपनिवेशिक शासनको अधीनबाट मुक्ति पाएको थियो । यसको मतलब भारत ब्रिटिशबाट स्वतन्त्र भएको १४ वर्षपछि बल्ल स्वतन्त्र भएको थियो। गोवामा १६१० देखि पोर्तुगाली उपनिवेश थियो तर ब्रिटिशहरू भने झन्डै एक सय पछि अर्थात सन १६०० मा मात्रै भारत आएका थिए ।भारतको स्वतन्त्रता आन्दोलन पछि अंग्रेजहरू देश छाडेर गए र भारत एक सार्वभौम राष्ट्र बन्यो । तर,  लामो समयपछि पनि पोर्चुगिजहरूले आफ्नो शक्ति हस्तान्तरण गर्न अस्वीकार गरि नै रहे ।

 

उन्नाइसौं शताब्दीमा विद्रोह र विद्रोहको आवाज चर्को हुँदै गयो तर गोवा मुक्ति आन्दोलनले देशमा जसरी आन्दोलन चलिरहेको थियो, त्यसरी गोवामा भने युरोपेली शक्तिलाई हटाउन एकजुट हुन भने सकिरहेको अवस्था थिएन। तर, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा धेरै असफल वार्ताहरू पछि भारतले गोवालाई पनि बाँकी देशसँग गाभ्ने र यहाँको दशकौं लामो पोर्चुगल शासनको अन्त्य गर्ने निर्णय गर्‍यो।

 

 

यहाँ पोर्चुगल शासन अन्त्य गर्न सैन्य हस्तक्षेप आवश्यक थियो भन्ने निर्णयमा भारत पुग्यो । र, १८ डिसेम्बर १९६१ मा भारतीय सेना, नौसेना र वायुसेनाले मिलेर पोर्चुगालीहरू बिरूद्द सशस्त्र कारबाही सुरू गरे, जसलाई ‘अपरेशन विजय’ भनियो।

 

गोवामा पूरै अपरेशनमा सुरू हुदाँ ३ हजार ३०० पोर्चुगिज सिपाहीहरू मात्र थिए। अन्ततः पोर्चुगिजहरूले भारत सामु झुक्नु परेको थियो र अपदस्थ गभर्नर जनरल म्यानुएल एन्टोनियो भासालो–इ सिल्भाले आत्मसमर्पण गरे। १८ डिसेम्बरको साँझ ६ बजे सचिवालय अगाडिको पोर्चुगिज झण्डा हटाएर आत्मसमर्पणको सङ्केत दिन सेतो झण्डा फहराए ।

 

र, १९ डिसेम्बरको बिहान मेजर जनरल क्यान्डेथले सचिवालय अगाडि भारतीय राष्ट्रिय झण्डा फहराएका थिए । यस अपरेशनमा भारतका ७ नाविक जवान नाविक र अन्य शहीद भएका थिए। यस दिनलाई गोवा मुक्ति दिवसको रूपमा मनाइन्छ।

 

भारतीय नौसेनाको आधिकारिक वेबसाइटका अनुसार, भारतीय नौसेना जहाज गोमन्तकमा रहेको युद्ध स्मारक ७ युवा बहादुर नाविक र अन्य कर्मचारीहरूको सम्झनामा निर्माण गरिएको छ, जसले १९ डिसेम्बर १९६१ मा भारतीय नौसेनाको ‘अपरेशन विजय’ मा आफ्नो जीवन बलिदान दिए। १९ डिसेम्बर वा गोवा मुक्ति दिवसको गोवा राज्यमा ठूलो महत्त्व छ र ठूलो उत्साहका साथ मनाइन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९