खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

चितवन । पश्चिम चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?