विश्वासमा दिइने चेकले बढाएको अविश्वास, तीन वर्षमा ८० अर्बको चेक बाउन्स मुद्दा

काठमाडौं – व्यापारिक कारोबारदेखि व्यक्तिगत सापटीसम्मको भुक्तानीमा दिइने चेक अस्वीकार (बाउन्स) भएपछि दायर गरिने मुद्दा देशभरि वर्षैपिच्छे बढ्दो क्रममा छ।प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ३८ हजार ९४८ वटा चेक बाउन्स सम्बन्धी मुद्दा दर्ता भएका छन्।

 

 

प्रधान कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार आर्थिक वर्ष २०७९/८० मा १२ हजार ३० वटा, २०८०/८१ मा १३ हजार २४६ वटा र २०८१/८२ मा १३ हजार ६४८ वटा चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएका छन्।तीन वर्षको अवधिमा मात्र चेक बाउन्सबाट माग गरिएको बिगो रकम ८० अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुगेको उनले जानकारी दिए।

 

 

समग्रमा यी तीन आर्थिक वर्षमा बैंकिङ कसुरका मुद्दाको कूल बिगो रकम ८५ अर्ब ३८ करोड ३७ लाख ९१ हजार ५२९ रुपैयाँ रहेको छ।“बैंकिङ कसुरमा वर्षेनी मुद्दा दर्ता हुने क्रम बढेको हाम्रो तथ्यांकले देखाएको छ,” एसएसपी थापा भन्छन्, “तीन वर्षको तुलना गर्दा मुद्दा संख्या बढेका छन्, तर बिगो रकम भने घटेको देखिन्छ।” २०७९/८० मा बैंकिङ कसुरका १२ हजार ५२ मुद्दा दर्ता भएका थिए। जसमा ५० अर्ब ३० करोड ५९ लाख ९६ हजार ६६७ रुपैयाँ बिगो थियो।

 

 

२०८०/८१ मा आइपुग्दा मुद्दाको संख्या बढ्यो तर बिगो घट्यो। उक्त वर्षमा १३ हजार २४६ मुद्दा थिए र बिगो १५ अर्ब ८० करोड ३९ लाख ५२७ रुपैयाँ थियो।२०८१/८२ मा मुद्दा संख्या बढेर १३ हजार ६६१ पुगे। त्यसमा अघिल्लो वर्षको भन्दा बिगो बढेर १९ अर्ब २७ करोड ७७ लाख ९८ हजार ९३५ रुपैयाँ पुग्यो।पछिल्ला तीन वर्षको तथ्यांकमा बैंकिङ कसुरको मुद्दामा चेक बाउन्सका मुद्दाले ९९ प्रतिशत हिस्सा ओगटेको छ। २०७९/८० मा दर्ता भएका १२ हजार ३० वटा मुद्दामा ४७ अर्ब ५० करोड रुपैयाँ चेक बाउन्सको थियो। २०८०/८१ मा १५ अर्ब ८० करोड रुपैयाँ र २०८१/८२ मा १७ अर्ब ५९ करोड रुपैयाँ बराबरको बिगो थियो।

 

 

चेक बाउन्स मुद्दामा हरेक वर्ष व्यक्तिहरू पक्राउमा पर्ने संख्यासमेत उल्लेखनीय छ। प्रहरीको तथ्यांकअनुसार २०७९/८० मा २ हजार ३८२, २०८०/८१ मा ३ हजार ४ सय र २०८१/८२ मा ३ हजार १३३ जना पक्राउ परेका थिए।एसएसपी थापाका अनुसार बैंकिङ कसुर अन्तर्गत दर्ता हुने कुल मुद्दामध्ये करिब ९९ प्रतिशत चेक बाउन्सका मात्रै हुनुलाई विश्वासमा गरिने चेकको कारोबारमा बढ्दो अविश्वास हो। “बाँकी सबै प्रकारका बैंकिङ अपराधहरू जस्तै : खातामा अनधिकृत चलखेल, कागजात हेरफेर, अनलाइन दुरुपयोग थोरै मात्र दर्ता हुने गरेका छन्,” थापा भन्छन्।

 

 

 

नेपालमा चेक बाउन्ससम्बन्धी मुद्दा अत्यधिक हुनुमा कारणमा सजिलै चेक दिने, लिनेले विश्वास गरिहाल्ने तर खातामा पर्याप्त रकम नराख्ने प्रवृत्ति प्रमुख रहेको थापा बताउँछन्। “व्यापारिक कारोबारको विश्वास प्रणालीमै आँच पुर्‍याउने गरी वितरण गरिएका चेकहरू फिर्ता हुँदा लेनदेनमा असुरक्षा र विवाद बढ्ने गरेको छ,” थापा भन्छन्।नेपाल राष्ट्र बैंकले लगातार सूचना जारी गरी चेक वितरणमा सावधानी अपनाउन आग्रह गर्दै आए पनि व्यवहारमा सुधार देखिएको छैन। कानुनी प्रक्रिया ढिलो हुनु, जरिवाना र सजाय प्रभावकारी नहुनु तथा सजिलै धरौटीमा छुट पाइनु पनि चेक बाउन्सजस्ता मुद्दा दोहोरिनुका कारणमा पर्छन्।

 

 

 

विशेषगरी साना व्यवसायी, खुद्रा आपूर्तिकर्ता र व्यक्तिगत सापटी दिने व्यक्तिहरू चेक बाउन्सको सिकार हुने गरेका छन्। यस्तो अपराध बढिरहँदा कानुनी सुधार र पीडितको हितमा प्रभावकारी कारबाही प्रणाली आवश्यक भएको एसएसपी थापा बताउँछन्। “बैंकिङ प्रणालीभित्रको यो खास अपराध चेक बाउन्स पछिल्ला वर्षहरूमा झन् सामान्यजस्तै भएको छ। व्यापारिक कारोबारमा रकम नभएको वा हुने ग्यारेन्टी नभएको चेक वितरण गर्ने चलन बढिरहेको छ। कानुनी प्रक्रिया ढिला हुने, कारबाही प्रक्रिया कमजोर हुनेजस्ता कारणले पनि यस्तो अपराध दोहोरिने प्रवृत्ति रोकिएको छैन,” थापा भनंछन्।

 

 

 

‘विश्वासको कारोबार’ मानिने चेकको दुरुपयोगले बजारमा अनिश्चितता र असुरक्षा बढाएको उनले बताए। यता, मोबाइल बैंकिङ वा विद्युतीय कारोबारको दुरुपयोग गर्ने अपराध अन्तर्राष्ट्रिय रूपमा बढिरहेका बेला नेपालमा भने त्यस्ता मुद्दा औंलामा गन्न मिल्ने संख्यामा मात्र दर्ता छन्।“अपराध घटेको हो या कानुनी प्रक्रियामा नपुगेका धेरै हुन्? त्यो अनुसन्धानकै विषय हो। तर, देखिएको यथार्थ बैंकिङ अपराधको नाममा नेपालमा आज पनि चेक बाउन्स एकछत्र देखिन्छ,” थापा भन्छन्।चेक बाउन्ससम्बन्धी मुद्दालाई अहिले प्रहरीले बैंकिङ कसुर ऐन २०८२ अनुसार फौजदारी अपराधका रूपमा लिएर अनुसन्धान गर्छ। यसअघि प्रहरीले बैंकिङ कसुर ऐन २०६४ आकर्षित गरी अनुसन्धान गर्थ्यो।

 

 

२०६४ को ऐन अन्तर्गत अदालतमा मुद्दा पुगेपछि कसुरदारलाई जति रकम बिगो भएको हो, त्यति रकम जरिवाना, तीन महिनासम्म कैद वा बिगोको गम्भीरता हेरेर कैद र सजाय दुबै हुने व्यवस्था थियो। सोही कानुनमा टेकेर अदालतले पीडितलाई बिगो तिराउने आदेश दिन्थ्यो।बैंकिङ कसुर ऐन २०६४ को संशोधन (२०८२) आएपछि बिगोअनुसार अनुसार कारबाही र सजाय दुबै फरक तोकिएको छ। संशोधित ऐनले बैंकिङ कसुरमा कडा प्रावधान ल्याएको छ।जसअनुसार १५ लाख रुपैयाँसम्म बिगोमा एक महिना कैद तोकिएको छ। ५० लाखसम्म बिगोमा ३ महिना कैद हुने व्यवस्था गरिएको छ।

 

 

संशोधित ऐनमा एक करोडसम्मको बिगोमा १ वर्ष कैद हुने व्यवस्था गरिएको छ। यस्तै, १० करोडभन्दा बढी बिगोमा  २ देखि ४ वर्षसम्म कैद हुन सक्ने नियम छ।“जब कुनै व्यक्ति वा संस्थाले आफ्नो दिएको चेक बाउन्स (अस्वीकृत) भएको ठान्छ र कानुनी कारबाही चाहन्छ, उसले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्छ। उजुरी दिने बेला चेकको प्रतिलिपि, चेक नबुझेको भन्ने बैंकको कागजात, सापटी वा कारोबारसम्बन्धी सम्झौतालगायत प्रमाणहरू बुझाउनुपर्छ,” एसएसपी थापा भन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौँ,  सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।     वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न...

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ,  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग...

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।   कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९