
काठमाडौं । भक्तपुर नगरपालिका र ख्वप इन्जिनियरिग कलेजले मनाउने भूकम्प सुरक्षा प्रविधि प्रदर्शनी र राष्ट्रिय गोष्ठीलाई पनि २६ औं भूकम्प सुरक्षा दिवसको महत्वपूर्ण कार्यक्रमअन्तर्गत राखिएको छ ।प्रत्येक वर्ष माघ २ गते मनाईने भूकम्प सुरक्षा दिवस अन्तर्गत सो कार्यक्रमहरु पनि समावेस गरिएको भन्दै शहरी बिकास तथा भवन निर्माण विभागले यस वर्षको भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु सार्वजनिक गरेको हुन ।विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको भूकम्प सुरक्षा दिवस “स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” नाराका साथ मुख्य कार्यक्रम चन्द्रागिरी नगरपालिकामा मनाउने तयारी भएको जनाएको छ ।
वि.सं १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको भन्दै उहाँले भूकम्प सुरक्षाका मापदण्डहरु पूर्णरुपमा कार्यान्वयन नहुँदा भूकम्प आउँदा मानव निर्मित भवन सम्रचनाबाटै धनजनको क्षति भइरहेको बताए । यसै विषयमा जनचेतना जगाउन यस वर्षको भूकम्प सुरक्षा दिवसले केन्द्र सरकारले देखि र ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरु र जिल्ला तथा प्रदेश स्तरका कार्यक्रमहरुलाई समेत समेतिएर राष्ट्रिय भूकम्प सुरक्षा दिवसका विभिन्न कार्यक्रमहरु तय भएको बताए ।
माघ १६ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन थालेको भूकम्प सुरक्षा दिवस अन्तर्गत भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु बारे जानकारी दिएका हुन । सो कार्यक्रम अन्तर्गत ख्वप इन्जििनयिरिङ कलेज ख्वप कलेज अफ इनिजनियरिङ्ग कलेजले संयुक्त रुपमा माघ २ गते भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी गर्ने छन् भने माघ ५ गते भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा सम्बन्धी प्रवचन कार्यक्रम गर्ने भएको हो ।
माघ १६ गते राष्ट्रिय दैनिक छापा तथा अनलाईन अखवारहरुमा भूकम्पीय जोखिम न्यूनिकरण, पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी लेख रचना प्रकाशन गरी मनाइएको २६ औं भूकम्प सुरक्षा दिवसको मूख्य दिन माघ २ गते काठमाडौं उपत्यका भित्र काठमाण्डौ महानगरपालिकाले भूगोल पार्कमा भूकम्प स्मृति सभा आयोजना गर्ने छन् भने ललितपुर महानगरपालिकाले ललितपुरको पाटन दरवार क्षेत्रमा भूकम्प स्मृति सभा आयोजना गर्ने छन् । यसै गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी गर्ने छन् ।
भूकम्प सुरक्षा दिवस मूल समारोह भने प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा चन्द्रागिरी नगरपालिका १४ नैकाप, फुटबल मैदानमा मूल समारोह समिति, व्यवस्थापन उपसमितिले मनाउने छन् । मूल समारोह अन्तर्गत माघ २ गते ११ बजे चन्द्रागिरी नगरपालिकामा भेला भएर नैकाव फुटवल मैदानसम्म सचेतनामूलक र्याली गर्ने छन् । तत्पश्चात् दिउँसो १:१५ बजे प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गर्ने छन् । सो अवसरमा दुई दिवसीय भूकम्प सुरक्षा प्रदर्शनी उद्घाटन तथा अवलोकन गरिने कार्यक्रम रहेको छ । यसै अवसरमा विभिन्न सरकारी, एनसेट, डिपिनेट सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, सामूदायिक संस्थाहरु आदिको सक्रिय सहभागितामा भूकम्पीय सचेतनाको लागि र्याली, प्रदर्शनी, संघ र प्रदेश स्तरीय समीक्षा गोष्ठी, सडक नाटक, सुरक्षा ड्रिल, हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गरिने छन् ।
नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकोले संचित उर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको बैज्ञानिकहरुले आकलन गरिसकेको छ । यसै विषयलाई मध्यनजर गर्दै राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहरुबाट हुने नक्सापास प्रकृयामा अक्षररस पालना हुँदा मात्र सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने तथा बनिसकेका कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रबलिकरण कार्यहरु द्रुत गतिमा संगठित रुपमा अगाडि बढाउन समेत भूकम्प सुरक्षा दिवसले तड्कारो आवश्यकता महसुस गरेको छ ।