६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन

काठमाडौं । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक दिनमा कति घण्टा हुन्छ ? तपाईं यो प्रश्न धेरै सजिलै जवाफ दिन सक्नुहुन्छ– २४ घण्टा । तर, हालैको एक अनुसन्धानले ६० करोड वर्ष पहिले एक दिन २४ को होइन, २१ घण्टाको थियो भन्ने दावी प्रस्तुत गरिएको छ।

 

यो कुरा सुनेपछि तपाईलाई पत्यार नलाग्न सक्छ तर हामी तपाईलाई विज्ञानको यस्तो अध्ययन बताउँछौं, जसले तपाईलाई हामीले भनेको कुरा बुझ्न र विश्वास गर्न सजिलो हुनेछ। दिनमा २४ घण्टा अर्थात ८६ हजार ४०० सेकेन्ड हुन्छ।दिनको २४ घण्टा भनेको पृथ्वीलाई एक पटक घुम्न लाग्ने समय हो तर पृथ्वी ठ्याक्कै समान रूपमा घुम्दैन्। सामान्यतया, पृथ्वीको परिक्रमा बिस्तारै सुस्त हुँदै जान्छ। जसका कारण दिनको लम्बाइ औसतमा १.८ मिलिसेकेन्ड प्रति शताब्दीले बढ्छ। यसको मतलब ६०० मिलियन वर्ष पहिले एक दिन मात्र २१ घण्टा लामो थियो।

 

समयसँगै दिनको लम्बाइमा हुने यो परिवर्तन धेरै कुराको कारणले हुन्छ । जसमा चन्द्रमा र सूर्यको ज्वारीय प्रभाव, पृथ्वी भित्र कोर–मन्टल युग्मन र ग्रहमा द्रव्यमानको वितरण समावेश छ। यससँगै भूकम्पको गतिविधि, हिमनदी, मौसम, महासागर र पृथ्वीको चुम्बकीय क्षेत्रले पनि दिनको लम्बाइलाई असर गर्छ।

सन् २०२० मा वैज्ञानिकहरूले एउटा चकित पार्ने खोज गरेका छन् । पृथ्वी सुस्त हुनुको सट्टा तिब्र गतिमा घुम्न थालेको उनले पत्ता लगाएका थिए । यो अब पछिल्लो ५० वर्ष मा कुनै पनि समय भन्दा छिटो घुमिरहेको छ। जहाँ एक समय पृथ्वीको परिक्रमा सुस्त भएको खुलासा भएको थियो । यसैबीच, अध्ययनले अहिले यो बढ्दै गएको खुलासा गरेको छ।

 

यसले जीवनमा कस्तो प्रभाव पार्छ ?
अहिले सम्म वैज्ञानिकहरू पृथ्वीको परिक्रमा दरमा यो वृद्धिको कारण के हो भनेर पूर्ण रूपमा पक्का गर्न सकेका छैनन्। तर कसै कसैले २० औं शताब्दीमा हिमनदी पग्लनु वा उत्तरी गोलार्धका हिमनदीहरूमा ठूलो मात्रामा पानी जम्मा भएको कारण हुनसक्ने सुझाव दिएका छन्। तर, विज्ञहरूले पृथ्वीको परिक्रमामा भएको यो बृद्धि अस्थायी भएको अनुमान गरेका छन् । र, यो छोटो समयको लागि मात्र हो। भविष्यमा पृथ्वी एक पटक फेरि सुस्त हुन थाल्नेछ।

 

तर, अब प्रश्न उठ्छ कि अहिलेको लागि के हामीले चिन्ता लिने ? नलिने । किनभने, यसले हाम्रो दैनिक जीवनमा कुनै असर गर्दैन तर जीपीएस स्याटेलाइट, स्मार्टफोन, कम्प्युटर र सञ्चार सञ्जालजस्ता प्रविधिहरू माथी भने गम्भीर असर पर्न सक्छ, ती सबै अति सटीक समय प्रणालीमा निर्भर हुन्छन्। तर, यस्ता समस्यालाई नियन्त्रण गर्न सकिन्छ भन्नेमा बैज्ञानिक ढुक्क रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९