
महाेतरी, २असार । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन ।महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण जनाएका हुन ।हिजाे पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण गर्दै माहासंघको विधि र विधान विपरित कार्यमा लाग्ने जोकोहीलाइ कारवाही गर्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्रमा केन्द्रले तोकेको कार्यावाहक अध्यक्ष हुदाहुदै वेला-वेलामा गुटगत बैठक बसी कार्यकारी बनाउने जस्तो गम्भीर त्रुटि भएको उल्लेख छ ।स्थानिय तहको निर्वाचनमा कमलेश मण्डलले नगरप्रमुखमा प्रतिस्पर्धा गरेपछी महासंघको बिधानअनुसार उनी पदमुक्त भएका थिए । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष रहेकी बराललाइ केन्द्रले कार्यावाहकको पत्र थमाएपछी उनी अहिले कार्यावाहक अध्यक्ष छिन ।