किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

रौतहट । रौतहटको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले कृषिलाई विकासको मेरुदण्डका रूपमा प्राथमिकता दिँदै आएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि पदभार सम्हालेका नगरप्रमुख मेयर कन्थमणिप्रसाद जयसवालको नेतृत्वमा कृषक हितका नीति, सिँचाइ पूर्वाधार निर्माण र आधुनिक कृषि प्रविधिको विस्तारलाई निरन्तर अघि बढाइँदैछ।

 

 

मेयर जैसवालको पहलमा नगरपालिकाले सुरु गरेको निःशुल्क कृषि मिटर योजना यस क्षेत्रका किसानका लागि महत्वपूर्ण परिवर्तनको आधार बनेको छ। हालसम्म ३०० भन्दा बढी पोल गाडेर कृषि मिटर जडान गरिएको छ र किसानले खपत गरेको विद्युत शुल्क पालिकाले नै भुक्तानी गरिरहेको छ। यस कदमले सिँचाइको लागत घटाउँदै उत्पादन क्षमतामा प्रत्यक्ष योगदान गरेको छ।

 

आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत सञ्चालन भएको “कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रम” मार्फत कृषकहरूलाई १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० वटा मिल्क्यान, विभिन्न क्षमताका चिलिङ भ्याट र डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर वितरण गरिएको छ।

त्यससँगै तीनवटा कुखुराको खोर र तीनवटा पोखरी निर्माण सम्पन्न भएको छ भने कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य तीव्र गतिमा भइरहेको मेयर जैसवालले न्युजकारखानालाई बताए ।सुरेश यादव, गरुडा–१, जयनगर, “मिल्क क्यान र चिलिङ भ्याट पाएपछि गाउँमै दूध संकलन र बिक्री गर्न पाउने भएकाले समय र खर्च दुवै बचत भएको छ।”
उता, रामबाबु साह, वडा ५ भन्छन, “पम्पसेट र भैँसीले सिँचाइ र दूध उत्पादन दुवैमा फाइदा भएको छ।”

 

 

साथै, गीता देवी गरुडा–३, मलाही टोल, भन्छिन,  “पहिले विद्युत मिटर र पम्पको अभावले खेतीमा समस्या थियो, अहिले उत्साह बढेको छ र उत्पादन बढ्नेमा ढुक्क छौं।”नगरपालिकाले कुलो सरसफाइ र कृषि सडक निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। हालसम्म जयनगर, गेडही, मलाही टोललगायत पाँच वडामा कृषि सडक निर्माण सम्पन्न भएको छ, जसले बजार पहुँच र ढुवानी प्रणालीमा सुधार ल्याएको छ।

 

नगरप्रमुख जयसवालका अनुसार संघ र प्रदेश सरकारसँगको सहकार्यमा कृषकको जीविकोपार्जन उकास्ने दीर्घकालीन योजना कार्यान्वयन भइरहेको छ। आगामी वर्षहरूमा कृषिजन्य भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा अझ ठूलो लगानी गर्ने योजना रहेको छ। उनले भने, “कृषिमा ठूलो लगानीसँगै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई पनि समान प्राथमिकतामा राखेर महानगरवासीको जीवनस्तर उकास्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गरिरहेका छौं।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९