ताजा समाचार

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ,  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता,

पुरा पढ्नुहोस
संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी

पुरा पढ्नुहोस
लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल

काठमाडौँ,  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ ।   उहाँले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।   यस्तै,

पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति

पुरा पढ्नुहोस
विचारः चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) का दिन आजभन्दा ६५ वर्ष पहिला अर्थात् २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र दिवस र राससको स्थापना दिवस दुवै खास महत्त्वका

पुरा पढ्नुहोस
मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

कञ्चनपुर, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् ।   जिल्ला निर्वाचन कार्यालय

पुरा पढ्नुहोस
दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ, नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा

पुरा पढ्नुहोस
एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

भक्तपुर, भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा

पुरा पढ्नुहोस
मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

जनकपुर, मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।   मिथिला

पुरा पढ्नुहोस