ब्रेकिंग न्युज ( Banner News )

मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रीत लगानीमा जोड

काठमाडौँ,   महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गर्नुभएको छ ।     यहाँ आज नेपाल पर्यटन

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ, प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आउनुभएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो ।   मन्दिर दर्शनका

पुरा पढ्नुहोस
सहकारीमा आवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित

तनहुँ, व्यास नगरपालिका–१३ बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसमा पनि दूध उत्पादनमा वृद्धि गरेका छन् । दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका किसानले उत्साहित भएर गाईको सङ्ख्या थप्दै गएका छन् ।     बेलबास दुग्ध उत्पादक

पुरा पढ्नुहोस
निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडाँैं,  नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।यहाँ आज आयोजित उक्त कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौँ,   सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । यसैबीच,

पुरा पढ्नुहोस
‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’

विराटनगर,  यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।     कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा

पुरा पढ्नुहोस
रुपन्देही–४ का मतदाता भन्छन्ः हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह (रुपन्देही), “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदसम्म जीवन सहज हुँदैन”, रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुले भन्नुभयो ।

पुरा पढ्नुहोस
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

जानकी (बाँके),  नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय

पुरा पढ्नुहोस
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ, आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७००

पुरा पढ्नुहोस
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

ललितपुर,  अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उहाँले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित

पुरा पढ्नुहोस