रुपन्देही–४ का मतदाता भन्छन्ः हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह (रुपन्देही), “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदसम्म जीवन सहज हुँदैन”, रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुले भन्नुभयो । कान्दुजस्ता रुपन्देही–४ का मतदाताको आमसमस्या सडककै हो । एम्बुलेन्स र दमकल ल्याउन पनि समस्या हुने गरेको उहाँको गुनासो छ ।

 

त्यसबाहेक बेरोजगारी यहाँको प्रमुख समस्या हो । यस क्षेत्रमा नयाँ उद्योग स्थापना गरी स्थानीय जनशक्तिलाई रोजगारी उपलब्ध गराउने खालको नेता आवश्यक भएको उहाँको भनाइ छ । “त्यति मात्रै होइन, किसानले समयमै मलखाद नपाएको अवस्था छ, मलका लागि अहिले पनि सीमापारी भारत जानुपर्ने बाध्यता छ, सिँचाइको सुविधा पनि छैन ।”

 

कान्दु यसपटक रुपन्देही–४ मा विकास गर्नसक्ने र यस क्षेत्रलाई अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो क्षेत्रबाट उम्मेदवारी दिनुभएकामध्ये यहाँको विकास गर्नसक्ने उम्मेदवारलाई जनताले मतदान गरेमात्रै विकास हुन्छ । उम्मेदवारलाई चिनेर मतदान गर्नुपर्छ । निर्वाचन जितेर गएपछि आफूले जितेका क्षेत्रमा नफर्किनेलाई किन जिताउने ? यो क्षेत्र र जनतालाई हेर्ने उम्मेदवार चाहियो । ? जितेपछि काम गर्छु भन्ने आश्वासन मात्रै पाइयो । जितेर गएपछि हामीलाई उहाँहरुले चिन्दै चिन्नुहुन्न ।”

 

मर्चवारी–३ रायपुरका साधुसरण यादव रुपन्देही क्षेत्र नं ४ मा विशेषगरी सडक, किसानलाई समयमै मलखाद र सिँचाइको सुविधा उपलब्ध नहुनु, सुविधासम्पन्न अस्पताल नहुनु, विद्यालयमा भौतिक पूर्वाधारको अभावजस्ता मुख्य समस्या रहेको बताउनुभयो । “विगतमा जितेर गएका जनप्रतिनिधिले खासै विकासका काम गर्न सक्नुभएन । यसपटक निर्वाचनमा मतदान गरेर शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको व्यवस्थाका साथै यस क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई जिताउँछौँ”, उहाँले भन्नुभयो । कोटहीमाई गाउँपालिका–७ परसहवाका मख्खन लोधले यस क्षेत्रमा समस्याको चाङ रहेको बताउनुभयो । उहाँले समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

 

मर्चवारी गाउँपालिका–सिसो सेमराका श्याम मोहन यादवले पनि मुख्य गरी यहाँ सडककै समस्या रहेको बताउनुभयो । “सडकमा खाल्डाखुल्डी छ, जसले गर्दा सवारी दुर्घटना बढेको छ । विद्यालयमा पनि विभिन्न समस्या छ । सुविधासम्पन्न अस्पताल पनि छैन । यहाँबाट निर्वाचित जनप्रतिनिधिले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारजस्ता क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

 

मायादेवी गाउँपालिका–४ का चन्द्रशेखर गुप्ताले यो क्षेत्रमा मुख्य गरी सडक पूर्वाधारकै समस्या रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो ।

 

मर्चवारी–१ का श्रीराम यादवको भनाइ पनि समान नै छ । उहाँले भन्नुभयो, “जुन उम्मेदवारले खाद्य, सिँचाइ, सडकको व्यवस्था गर्न सक्नुहुन्छ, त्यही उम्मेदवारलाई नै यसपटक जिताउने हो ।”

 

सम्मरीमाई गाउँपालिका–६ असुरैनाका मोहम्मद असलम खाँले शिक्षा, स्वास्थ्य, सडक, कृषि क्षेत्रमा नै मुख्य समस्या रहेको बताउनुभयो । मर्चवारी–१ कै मेनका यादवले काम नगर्ने उम्मेदवारलाई किन जिताउने भन्दै प्रश्न गर्नुभयो । उहाँले शिक्षा, सडक, कृषि, रोजगारीमा ध्यान दिने जनप्रतिनिधि आवश्यक रहेको बताउनुभयो ।

 

रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी एक लाख १६ हजार १७२ मतदाता छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ पूर्वमन्त्रीदेखि पूर्वप्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावी मैदानमा हुनुहुन्छ । रुपन्देही–४ मा सात जना स्वतन्त्र र राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

विसं २०७९ मा यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको थियो । विसं २०७४ नेपाली कांग्रेसका प्रमोदकुमार यादव निर्वाचित हुनुभएको थियो भने २०७० सालमा तराई–मधेस लोकतान्त्रिक पार्टीबाट शुक्ला नै निर्वाचित हुनुभएको थियो । विसं २०६४ मा भने मधेसी जनअधिकार फोरमका उम्मेदवार ओमप्रकाश यादव निर्वाचित हुनुभएको थियो ।रविन्द्र प्रताप गुप्ता/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९