निषेधाज्ञा भए पनि किन बढिरहेको छ नेपालमा कोरोना संक्रमण

काठमाडौँ —नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो । साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो । सो अवधिमा जम्मा ४० जनाको मृत्यु भएकामा अहिले संक्रमित तथा मृत्यु हुनेको संख्या निकै नै बढेको छ । संक्रमणको जोखिम कम गर्न विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ ।

 

बिहीबार हालसम्म कै सर्वाधिक संक्रमण १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप ९२७ जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

शुक्रबारसम्मको तथ्यांक हेर्ने हो कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगिसकेको छ भने डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ को छ ।

काठमाडौं उपत्यकामा ४ हजार ८२० जनामा संक्रमण
देशभरी कोरोना संक्रमणको संख्या बढिरहँदा काठमाडौं उपत्यकामा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ । संक्रमितको संख्या बढेपछि उपत्यकामा भदौ ३ देखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो । भदौ ३ मा उपत्यकामा संक्रमितको संख्या जम्मा २ हजार ४९८ रहेको थियो । संक्रमितको संख्या थपिएपछि निषेधाज्ञा बढाएर भदौ १७ सम्म गरिएको छ ।

उपत्यकामा बिहीबार ३७७ जना संक्रमित भेटिएिकोमा शुक्रबार झन् बढीमा कोरोना संक्रमित पुष्टि भएको छ । शुक्रबार उपत्यकामा २४ घन्टामा थप ४ सय १५ संक्रमित पुष्टि भएको हो । वाग्मती प्रदेशको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा जम्मा संक्रमितको संख्या ४ हजार ४०५ रहेको थियो ।यो सँगै काठमाडौं उपत्यकामा हालसम्म जम्मा संक्रमितको संख्या ४ हजार ८२० पुगेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी उपत्यकामा निशेषाज्ञा लागू गरे पनि संक्रमितको संख्या अझै थपिँदै जाने बताउँछन् । ‘निषेधाज्ञाले संक्रमितको संख्या घट्ने होइन, निषेधाज्ञाको प्रभाव देखिन अझै १४ दिन लाग्छ । यो भन्दा अगाडि शरीरमा भाइरस पसिसकेकालाई अहिले देखिन्छ । यो प्रभावकारी भयो कि भएन १७ गतेपछि थाह हुन्छ,’ उनले भने, ‘भाइरस पसेको त १० देखि १४ दिनभित्र देखिने हो । तीजका समयमा धेरै भिडभाड भयो । भिडभाड हुनेबित्तिकै त्यहाँ कोरोना संक्रमणको जोखिम भइहाल्छ । भिडभाड व्यवस्थापन गरिएको छैन । सेवाग्राहीको भीड व्यवस्थापन गर्ने योजना बनाउनुपर्छ । चैत १० गते सरकारी कार्यालयमा जस्तो भीड हुन्थ्यो अहिले पनि त्यस्तै छ ।’

संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीले निषेधाज्ञा आफैँमा कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताउँछन् । उनका अनुसार निषेधाज्ञाले महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाको रुपमा लिन सकिन्छ । निषेधाज्ञाको समयले कमजोरीहरुको पहिचान गरेर बलियो बनाउन समय दिन्छ । ट्रेसिङ र आइसोलेट प्रभावकारी रुपमा भएन भने कोरोना नियन्त्रण हुनै नसक्ने उनको तर्क थियो । 

‘मानिसहरु अहिले टाढा गएका छैनन् होला, घरभित्रै छन् वा घर वरिपरी टोलमा घुमिरहेका छन् । घर अनि टोल भित्रभित्रै सरिरहेको हुन सक्छ । लक्षण देखिए पनि यातायात तथा अरु कडाइले मानिसहरु परीक्षण गर्न जान पाएका छैनन् । झन् त्यो संक्रमण भित्रिभित्रै पाकेर बस्ने डर पनि छ,’ उनले भने ।

डा। सुवेदीले कन्ट्क्याट ट्रेसिङमा खासै प्रगति भएजस्तो नलागेको बताउँदै धेरै परीक्षण गर्ने र कन्ट्क्याट ट्रेसिङ गरेर संक्रमित पत्ता लगाउन सक्नुपर्ने बताए । उनले निषेधाज्ञा गरेर कन्ट्क्याट ट्रेसिङ बलियो बनाइएको छ कि छैन र सबैलाई परीक्षणको पहुँच छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । पीसीआर परीक्षण पनि महंगो भएको र परीक्षण सजिलो बनाउने उपाय अपनाउनुपर्ने सुझाए ।

त्यसैगरी जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डे निषेधाज्ञा लागू भए पनि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संक्रमितको संख्या नबढ्न दिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीकहाँ परीक्षणको दायरा निकै साँघुरो छ, जस्तै काठमाडौं उपत्यकामा ६० लाख जनसंख्या छ, यहाँ दिनको दुई तीन हजार व्यक्तिको पीसीआर टेस्ट गर्दा संक्रमणको अवस्था के छ भन्ने थाहा हुँदैन ।’

उनी पुलिंग मेथड अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने, वडावडामा शंकास्पद ठाउँमा खोजीखोजी परीक्षण गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने हो भने कोरोना संक्रमणको धरातलीय यथार्थता थाहा हुने बताउँछन् । उनले निषेधाज्ञाको प्रभाव अहिले हैन १० दिनपछि देखिने बताउँदै भदौ १७ गतेपछि निषेधाज्ञा खुकुलो गर्ने र जनस्वास्थ्य मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्ने हो भने संक्रमण घट्दै जाने बताए । ‘१० दिनपछि संक्रमण घट्दै गएन भने कोरोना संक्रमण समुदायमा फैलिने जोखिम रहन्छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले संक्रमितको संख्या घट्न अझै समय लाग्ने बताए । ‘बन्दाबन्दी नभएको भए अझै संक्रमितको संख्या बढ्थ्यो, नबढोस् भनेरै नै निषेधाज्ञा गरिएको हो । यसको असर अबको हप्ता दश दिनमा देखिन्छ भन्ने हो,’ उनले भने ‘टेस्टिङ, ट्रेसिङ तथा आइसोलेट तथा अस्पताल व्यवस्थापनको कार्य पहिलेभन्दा बलियो बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर,  कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ,  यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।आज ३३५ कम्पनीको चार करोड १६ लाख...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ, देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।     विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९