निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।

 

भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा यो नाच नाचेको पाइँदैन । बाइसेचौबीसे राज्यका सञ्चालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नाच्न थालेका बूढाकापा बताउँछन् । स्थानीय नैनासिंह बुढामगरले माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने र ३ गते नाचिने बताउनुभयो । अघिल्लो दिन राजा, रानी र धाइमा गरी तीनवटा कपडाको पुतली बनाउने र बालक, युवा र वृद्धहरू पुतलीको पहिरन पहिरिएर बाजाको तालमा नाच्ने उहाँको भनाइ छ । पुतली नाच धेरै वर्ष पुरानो भए पनि अहिलेसम्म गाउँमा कुनै पनि दस्तावेज नभेटिएको बुढामगरले बताउनुभयो । यो नाच भल्कोट गाउँमाथिको जौँ बारीमा नाच्दै पुग्ने र उक्त ठाउँमा बन्दुक पड्काउने, पुलतीलाई डोलामा डुलाउने, नाच्ने र साँझ परेपछि निसीखोलामा पुर्याएर विर्सजन गर्ने उहाँको भनाइ छ ।

 

“पुतली नाच धेरै वर्ष पुरानो हो, हामीनै बुढो भइयो, सानो हुँदादेखि नै नाच्दै आएको, हाम्रो अग्रज पुर्खाहरूले जोगाउँदै आएको संस्कृतिलाई हामीले पनि बचाउँदै आयौँ”, बुढामगरले भन्नुभयो, “यसको लामो कहानी छ, सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यसमध्ये भल्कोटमा पनि एउटा राज्य सञ्चालन भएको भन्ने बूढापाकाले भन्ने गर्थे, उनीहरूले जे सिकाए हामीले पनि त्यही सिक्यौँ र अहिलेका युवालाई पनि त्यही नै सिकाइरहेका छौँ ।” माघ ३ गते बिहानदेखि साँझसम्म पुतलीजस्तै बनेका व्यक्ति नाच्छन् । उनीहरूले सनदारमा फेटा, शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरु दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देखाउने गरिन्छ । दिनैभरि पुतलीजस्तै बनेर नाच्ने व्यक्तिको बीचमा कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् ।

 

पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् । उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिने गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइदिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् । देख्दा अवास्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको चलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर… लगायत सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ८२ वर्षीया भागी घर्तीमगरले बताउनुभयो ।

 

घर्तीमगरले भन्नुभयो, “यो मेला त धेरै अचम्मको छ, पुतली नाच्दाको दिन त मुखमा आएको सबै बोल्छन्, खरानी छर्छन्, यसरी मनमर्जी बोल्दा र भालुको पित्त देखाउँदा देवता खुसी हुन्छन् भन्ने मान्यता छ, पहिलापहिलाको तुलनामा त अहिले केही कम भएको छ, मान्छे शिक्षित भए, लजाउन थाले, त्यही भएर पनि विस्तारै कम हुँदै गएको छ ।”

 

पुतली नाचसँगै पट्टा नाचसमेत नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् ।

 

अध्यक्ष्य घर्तीमगरले देशभरमा यस्ता मौलिक संस्कृति कमै भटिने हुँदा संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर स्थानीयलाई प्रेरित गरिरहेको बताउनुभयो । बालकदेखि युवाले सबैले नाच्नका लागि रुचि देखाउने हुँदा संरक्षणका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । एक दशक अगाडिसम्म भल्कोट क्षेत्रमा मात्र सीमित रहेको यो नाचको पछिल्लो समय प्रचारप्रसार हुँदा हेर्न आउनेको आकर्षण बढेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौँ,  सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।     वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली,  नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ ।पछिल्लो समय अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढेकाले बजारमा वितरणमा केही...

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन,  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।   कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९