आइतवार, कार्तिक १८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

आकाशे घैटाफोडको तयारी पूरा, चर्चित देउडा कलाकारको प्रस्तुती : ३० हजार बढि दर्शकले अवलोकन गर्ने (फोटो फिचरसहित)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रमको तयारी पूरा भएको छ। “युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान” भन्ने नारा दिएको आकाशे घैटाफोड कार्यक्रम आज भाद्र ११ गते कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित श्री वसन्त मुरारी नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा हुँदै छ ।यसअघि सडकपुर बौनिया युवा क्लबले आयोजना गर्दै आइरहेको कार्यक्रम यसपटक भने कृष्ण जन्माष्ठमी घैटाफोड संचालक समितिले आयोजना गरेको हो । आकाशे घैटाफोड कार्यक्रम करीब ३० हजारभन्दा बढि दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ । बौनियामा घैटोफोड कार्यक्रम गर्दा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने आयोजकले जनाएको छ । आकाशे घैटो फोडने टीमलाई नगद ५१ हजार ५१ रुपैयाँ पुरस्कार प्रदान गरीने समितिका अध्यक्ष धीरज शाहीले  वैज्ञानिक मिडियालाई जानकारी दिएका छन्। उनकाअनुसार  पाइप चढाई सफल हुनेलाई ८ हजार ५ सय ५१, भुई घैटो फोड्नेलाई ५ हजार ५ सय ५१ र कुर्सी दौड बिजेतालाई नगद ३ हजार ५ सय ५१ रुपैया प्रदान गरिने छ  ।आयोजकका अनुसार विगत वर्षको तुलनामा यसपटक हरेक खेलमा पुरस्कार राशी बढाइएको छ । सोही कार्यक्रमका अबसरमा विभिन्न डेउडा कलाकारको प्रस्तुती समेत राखिने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation