नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने

कैलाली । स्थानीय तहले तलबभत्ता निकासा नदिएको जनाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । कैलालीको मोहन्याल गाउँपालिकामा नेपाल शिक्षक महासंघको स्थानीय कार्यसमितिले बुधबार मागपत्र पेश गरेको हो ।

 

पालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीले तलबभत्ता नपाएको मागपत्रमा भनिएको छ ।

संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा ७ हजार थप गरी १५ हजार तलबभत्ता निकासा दिनुपर्ने चार सूत्रीय माग राखेर शिक्षक महासंघको स्थानीय कार्यसमितिले शिक्षा शाखामा मागपत्र बुझाएको हो ।

स्थानीय तहले गएको साउनदेखि असोजसम्म संघीय सरकारको बजेट वक्तव्य अनुसार निर्धारण गरिएको न्यूनतम सेवासुविधा निकासा रोकेर अटेर गरेको भन्दै शिक्षक कर्मचारी असन्तुष्ट भएका हुन् ।

चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम मासिक तलब १५ हजार पुर्‍याउन निर्देशन दिएको भएपनि पालिकाले तलब नबढाएको नेपाल रास्टिय शिक्षक संगठनका महासंघ मोहन्याल गाउँपालिकाका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

पालिका अन्तर्गत ५२ वटा सामुदायिक विद्यालय छन् । जसमा ९ जना लेखापाल, ५२ जना कार्यालय सहयोगी र ४० जना बालविकास सहजकर्ता कार्यरत र अन्य बिध्यालय कर्मचारी अहित१ सय जनाले वृद्धि भएको तलब नपाएको नेपाल शिक्षक महा संघ मोहन्यालका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

शिक्षक महासंघ स्थानीय कार्यसमितिले पालिका अन्तर्गत कार्यरत शिक्षकको तलबभत्ता हरेक ३/३ महिनामा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, गाउँपालिका शिक्षा समितिमा भएको निर्णय अनुसारको न्यूनतम १५ हजार निकासा हुनुपर्ने, शुन्य दरबन्दी कायम भएका विद्यालयको विषयगत नीजिस्रोत र शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब दिनुपर्ने, अन्त्यमा मात्रै खुल्ला विज्ञापन गरिनुपर्ने र कार्यरत शिक्षकलाई नै विज्ञापनमा पहिलो प्राथमिकता दिइनुपर्ने माग गरिएको छ । माग सम्बोधन नभए आउँदो कार्तिक ११ गतेदेखि आन्दोलनमा जाने शिक्षक महासंघको स्थानीय कार्यसमितिले चेतावनी दिएको छ ।

गाउँपालिकाले यसअघि नीजिस्रोतमा कार्यरत शिक्षकको मासिक प्रावि तहमा १३ हजार, निमावि तहमा १४ हजार र मावि तहमा १५ हजार रुपैयाँका दरले वार्षिक १३ महिना बराबरको तलब निकासा गर्दै आएको थियो । गाउँपालिकामा २२ वटा प्रावि, २१ निमावि र ९ वटा मावि रहेको नेपाल शिक्षक महासंघ मोहन्यालका अध्यक्ष वीर बहादुर भन्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९