शुक्रबार, बैशाख १४, २०८१

बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी

कैलाली,बौनियाँ- कैलालीको बर्दगोरीया गाउँपालिकाले पालिकाभरिका विद्यालय बाटै बाल क्लब गठन गरेको छ । गठित बाल क्लबहरूलाई बाल विवाह, लागुपदार्थ दुर्व्यसनी, बालश्रम शोषण, घरेलु हिंसा न्यूनीकरणमा परिचालन गरिने गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारुले जानकारी दिए ।

‘बाल क्लबमार्फत जातीय छुवाछुत तथा भेदभाव अन्त्यका लागि चेतनामूलक कार्यक्रम चलाइनेछ । प्रत्येक विद्यालयमा गठन भएका बाल क्लबका प्रतिनिधिलाई आबद्ध गरी पालिकास्तरीय बाल क्लब गठन भएको छ’, उपाध्यक्ष भगवती डगौरा थारुले भनिन् ।

बाल क्लव मार्फत बालबालिकालाई योजना छनोट,नीति निर्माण र निर्णय कार्यान्वयन प्रक्रियामा समेत सहभागी गराइने पालिका उपाध्यक्ष डगौरा थारु सुनाउँछन् । यस अभियानले बालबालिकाको नेतृत्व क्षमताको विकास हुने र अर्कातर्फ सामाजिक कुसंस्कारविरुद्धको अभियानसमेत सिर्जना गर्न सकिने गाउँपालिकाको विश्वास छ । 

बाल क्लबमार्फत विद्यालयको पहुँचबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयको पहुँचसम्म ल्याउने व्यवस्थासमेत गरिनेछ । ‘बाल क्लबलाई रचनात्मक सामाजिक हितकारी संस्थाको रूपमा उपयोग गर्ने योजनामा छौँ’,गाउँपालिका उपाध्यक्ष डगौराले भनिन् । बर्दगोरीया गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रम बाट वसन्त राज जैशीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम प्रसाद देवकोटा ,सचिवमा लुइनपा डगौरा,सह-सचिव आरती कुंवर, कोषाध्यक्षमा एमारिका सुनार, छन् भने सदस्यमा राजेश सापकोटा,मदन जैशी,विपना बम, दिनेश जैशी, केशव रानामगर,जीवन थापा,बसन्ती जैशी, दुर्गा साउँद,गोमा मल्ल,राधिका भूल, कृष्ण विष्ट, हर्क बहादुर वि क,विनुका चौधरी र अनिता शाही छन् भने दुई सदस्य पछि थपिने अध्यक्ष वसन्त राज जैशीले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation