पर्सा प्रहरी मधेशमै उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्व

मधेश प्रदेश। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा कार्यसम्पादन तथा मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशमै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयको यो सफलता हालका प्रहरी प्रमुख एसपी  गौतम मिश्रको सक्षम नेतृत्व र प्रतिबद्धतापूर्ण प्रहरी सेवाको परिणामस्वरूप सम्भव भएको हो। एसपी मिश्रको कुशल नेतृत्व र मातहतका प्रहरी अधिकारीहरू अहोरात्र खटेर उक्त सफलता प्राप्त गरेको हो ।

 

उत्कृष्ट कार्यसम्पादनमा पर्सा पहिलो
४० वटा सूचकहरूमा आधारित कार्यसम्पादन मूल्यांकनमा पर्सा प्रहरीले ९०।१९ प्रतिशत अंक प्राप्त गर्दै मधेश प्रदेशका अन्य ८ जिल्लालाई पछि पारेको हो। यो कार्यसम्पादन मूल्यांकन प्रहरी संगठनभित्र पारदर्शिता, जवाफदेहिता र नतिजा–मुखी कार्यशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सन् २०७७ सालदेखि सुरु गरिएको हो। पर्सा जिल्ला पहिलो पटक यस मूल्यांकनमा शीर्ष स्थानमा उक्लन सफल भएको छ।

प्रमुख उपलब्धिहरू
तस्करी नियन्त्रणमा ठूला सफलता:  

पर्सा प्रहरीले एसपी मिश्रको नेतृत्वमा लगभग ६० करोड रुपैयाँ बराबरका चोरी, तस्करी तथा भन्सार छलीका सामग्री नियन्त्रण गरी सम्बन्धित निकायमा बुझाएको छ। यसबाट मुलुकको आर्थिक सुरक्षामा पनि उल्लेखनीय योगदान पुगेको छ।

 

फरार प्रतिवादी पक्राउमा कीर्तिमानः विभिन्न अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादी पक्राउ गरी ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। यो परिणामले मुलुकमा कानूनको कार्यान्वयनप्रति पर्सा प्रहरीले देखाएको गम्भीरता झल्काउँछ।

 

लागुऔषध नियन्त्रणमा शून्य सहिष्णुता नीतिः जिल्लामा ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १।५९ केजी अफिम लगायतका लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्। पछिल्लो ठूलो सफलता ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ हुनु हो, जसले मुलुकभित्रको संगठित लागुऔषध कारोबारमा ठुलो चोट पुर्‍याएको छ।

 

मानव बेचबिखन र गम्भीर अपराध नियन्त्रणमा अग्रसरताः पर्सा प्रहरीले १२ वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कानुनी दायरामा ल्याएको छ। साथै, कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा समेत उच्च तहको अनुसन्धान गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

 

प्रहरी संगठन सुदृढीकरणमा नेतृत्व
एसपी मिश्रले कार्यालयको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र प्रहरीका लागि प्रेरणादायी वातावरण निर्माणमा समेत ध्यान दिएका छन्। उनले प्रहरी कर्मीहरूको मनोबल अभिवृद्धि गर्न तथा जनमैत्री प्रहरी सेवा प्रवाह गर्न विभिन्न सुधार कार्यक्रम सञ्चालन गरेका छन्।

 

सामाजिक सद्भाव र शान्ति सुरक्षामा नेतृत्व
धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति र सौहार्द कायम गर्न एसपी मिश्रको भूमिका विशेष रहँदै आएको छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मोहरमका अवसरमा योजनाबद्ध सुरक्षा रणनीति लागू गर्दै उनले कुनै पनि अप्रिय घटना हुन नदिई ‘सक्षम कमान्डर’ को परिचय दिएका छन्।
नतिजामुखी प्रहरी प्रणालीको उदाहरण
पर्सा प्रहरीको यो सफलता केवल तथ्यांकमा सीमित छैनस यसले नतिजामुखी, जवाफदेही र नागरिकमैत्री प्रहरी व्यवस्थाको सम्भावना देखाएको छ। मधेश प्रदेशजस्तो चुनौतीपूर्ण भौगोलिक, सामाजिक र सीमावर्ती क्षेत्रभित्र अपराध नियन्त्रण, कानून कार्यान्वयन र जनसुरक्षा सुनिश्चित गर्नु कुनै सामान्य उपलब्धि होइन। एसपी मिश्रको प्राविधिक नेतृत्व, द्रुत निर्णय क्षमता र संगठनप्रति प्रतिबद्धता यस सफलता पछाडि प्रमुख तत्व बनेको देखिन्छ।

 

पर्सा जिल्ला प्रहरी कार्यालयको यो सफलता मुलुकका अन्य जिल्लाका प्रहरी निकायहरूका लागि प्रेरणा बन्न सक्छ। दक्ष नेतृत्व, प्रतिबद्ध कार्यशैली र नागरिक सँगको समन्वयमा आधारित प्रहरी प्रणालीको निर्माण सम्भव छ भन्ने उदाहरण पर्सा प्रहरी बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९