मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 

कैलाली । अज्ञात व्यक्तिहरुले कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बालकन्या माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।

नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक भूमि प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ । विद्यार्थीले जम्मा गरेर राखेका खुत्रुकेमा लगभग रु १५ हजार रकम र लेखापालले घर्रामा रहेको रु ७ हजार चोरी भएको छ ।

विद्यालयका धेरै कागजात च्यातेको छन् प्रधानाध्यापक शर्माले भने,विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ यकिन थाहा नभएको विद्यालयले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन । ईलाका प्रहरी कार्यालय बौनीयाले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!