
बौनियाँ/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालीका वडा नम्वर ३ रानीकुण्डालाई साक्षर वडा घोषणा गरीएको छ । वडामा रहेको कुल जनसंख्या मध्य ९५ प्रतिशत साक्षर भई सकेकोले साक्षर वडा घोषणाको लागी पुयाउनुपर्ने मापदण्ड पुरा गरीसकेपछि शुक्रवार एक कार्यक्रमका बिच वडालाई साक्षर घोषणा गरीएको हो ।
कार्यक्रममा वडाध्यक्ष करर्ने सुनारले वडालाई साक्षर वडा घोषणा गर्ने संघ संस्था र सरोकारवालाई धन्यवाद दिदै आगामी वडाका कार्यलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै अध्यक्ष सुनारले साक्षर वडालाई शत प्रतिशत सफल बनाउन घरमूलीको मूख्य भूमिका रहने भएकाले रहेको ५ प्रतिशतलाई समेत साक्षर बनाउन अनुरोध गर्नुभयो । हेर्नु होस यो भिडियो सहितकार्यक्रममा बर्दगोरीया गाउँकार्यपालिका सदस्य तथा वडा नम्बर ३ की वडा सदस्य कोलिला खत्रीले कार्यक्रममा बोल्दै साक्षरता घोषणालाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको छ । साक्षर घोषणा गरेर मात्र नहुने भन्दै यसको दिगोपनाको लागी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।हेर्नु होस यो भिडियो सहितकार्यक्रममा बर्दगोरीया न्यायपालिका सदस्य तथा वडा सदस्य टंक ओली,हेर्नु होस यो भिडियो सहितवडा सदस्य वीरबहादुर बौडेल,हेर्नु होस यो भिडियो सहित दलित महिला वडा सदस्य बुद्धिसरा बि.क, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्मा,हेर्नु होस यो भिडियो सहितदानुवा फाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेकराज जोशी जगदम्विके भगवती माध्यमिक विद्यालयका प्र.अ नेत्र बहादुर खड्का,हेर्नु होस यो भिडियो सहितन्यू जोती प्राथमिक विद्यालयका प्र.अ नवराज टमट्टा ,समाजसेवी दल वहादुर तिरुवा, र बुद्धिजीवी भीम बहादुर बुढा,लगायत समाजसेवी बुद्वीजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा विकास शाखा अधिकृत निरिख नन्दन लाल कर्णले गर्नुभएको थियो । बर्दगोरीया गाउँपालिकाकाे वडा नं १ र २ लाई अघिलो बर्ष साक्षर घोषणा गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत नन्दा कुमारी भट्टले जानकारी दिनु भएको छ।हेर्नु होस यो भिडियो सहित