
काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो दिन नेप्से परिसूचक १३.५३ अंकले घटेको हो । जसअनुसार आजको कारोबार २५८३.२९ विन्दुमा अडिएको छ। आज ३१९ कम्पनिको ९१ लाख ८० हजार ७१८ कित्ताको सेयरे ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँबराबर कारोबार भएका छन ।