शुक्रबार, असार १, २०८१

सेयर बजारमा उछाल, २ पटक लाग्यो सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो ।

 

पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो। बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएर सर्किट लागेको छ ।
अब १२ बजेर ७ मिनेट २९ सेकेन्डमा मात्र सेयर कारोबार खुल्ने छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation