लोकतान्त्रिक मान्यता, आदर्शको रक्षा र संगठन सुदृढ गर्न वडा सभापतिमा उम्मेदवारी : बिष्ट   

बौनियाँ-नेपाली काँग्रेसका नेता तथा वडासभापति नन्दाराम बिष्टले १४ औं महाधिवेशनमा पूर्ण:वडा सभापतिमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय भेलामा वडा सभापतिमा बिष्टले आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार कांग्रेसको १४ औं महाधिवेशन भदौ १८ देखि सुरु भएपनि कैलालीको क्रियाशील सदस्यता विवादले नामावली सार्वजनिक हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधित गरेको छ । कार्यतालिकाअनुसार देशभर बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५ गते तोकिएको छ । 

 

महाधिवेशनको उत्साहसंगै तल्लो तहका नेताकार्यकर्ता अधिवेशनको आन्तरिक तयारीमा जुटिरहेका बेला बिष्टले नेतृत्वका लागि दाबी गर्नुभएको हो । कांग्रेसको संगठन निर्माणको बलियो आधारशिला मानिने वडा तहमा नेतृत्वका लागि उम्मेदवारी दिएसंगै बिष्टले घरदैलो तथा भेटघाटलाई तीव्रता दिएको बताउनुभयो । वि.सं. २०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बिष्टले कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुत बनाउन र पार्टी संगठनलाई सुदृढ गर्न वडा सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो ।

काँग्रेसमा देखिएको आन्तरिक द्वन्द र मनमुटावलाई व्यवस्थापन गर्दै काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजाने उद्देश्यले आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘वडा तहदेखि नै कमजोर संगठन र क्षेत्रमा पछिल्लो समय काँग्रेसको आन्तरिक द्वन्द व्यवस्थापन गर्न नसक्दा पार्टीको बर्चस्व र साख घट्दै गएको छ, यसलाई वडा तहबाट नै मेलमिलाप र भावनात्मक एकताको विकास गर्न जरुरी छ ।’ 

 

‘कांग्रेसले बोकेको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्दै पार्टी संगठनलाई बलियो, मजबुत बनाउन सक्षम, असल स्वभाव र निष्ठाको राजनीति गर्ने नेतृत्वको खाँचो छ । त्यसैले, १४ औं महाधिवेशनमा मैले वडा सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

 

उहाँले आफूले जीवनको उर्जाशील समय राजनीतिमा नै खर्च गरेको हुनाले सबै क्रियाशील सदस्य र नेताकार्यकर्ताले आफ्नो कामलाई मूल्यांकन गरेर सहयोग, समर्थन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनको महत्वपूर्ण समय मैले राजनीतिमा खर्च गरेको छु, वडामा पार्टी संगठनलाई गतिशील तुल्याउँदै बैठक, सभा, समारोह, कार्यक्रम, आन्दोलन, संघर्ष र निर्वाचनको समयमा सबैलाई सक्रिय बनाएको छु । राजनीतिक जीवनमा मैले सामाजिक क्षेत्रमासमेत रचनात्मक सहयोग गरेकाले केही नराम्रो काम गरेजस्तो लाग्दैन, त्यसैले मलाई वडा सभापतिका लागि साथीहरूको सहयोग र समर्थन रहेको छ । सकेसम्म म सबैको सर्वसहमतिमै वडा सभापति बन्छु ।

 

उहाँले विगतमा आफू पार्टी जिम्मेवारीमा रहँदा केही कार्यक्रम तथा योजना सम्पन्न गर्न अधुरो रहेकाले आगामी कार्यकाल उक्त योजना पूरा गर्ने सोचाइ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पद र प्रतिष्ठा भन्दा महत्त्वपूर्ण कुरा जिम्मेवारी, काम र कर्तव्य निर्वाह गर्नु हो ।’ राम्रो काम गर्नलाई पद नै चाहिन्छ भन्ने पनि होइन, त्यसैले, आफूले अहिलेसम्म गरेको काम, समय, अनुभव, क्षमता र योगदान अनुसार वडा तहमा नेतृत्वको जिम्मेवारी लिन खोजेको हो । मलाई पदको मात्रै महत्वाकांक्षा होइन ।’

 

वडा सभापति बिष्टले तत्कालिन समयमा वि.सं.२०४६ सालमा दैलेखमा रहँदा भैरेकालिकाथुम गाविस ७ बाट वडाअध्यक्ष निर्वाचित हुनुभएको थियो । कांग्रेसको सक्रिय राजनीतिमा लागेका बिष्टले वि.सं.२०६२/०६३ को जनआन्दोलनमा आफूलाई प्रहरीले हिरासतमा लिएर दु:ख र पीडा दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९