स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड बौनियाँमा व्यवसायिक सीपमुलक चुरा बनाउने तालिम सम्पन्न

बौनियाँ,कैलाली/ "सुख र सम्बृद्धिको आधार ,सबैका लागि स्वरोजगार ”भने मूल नाराका साथ स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दगोरीया गाउँपालिका वडा नं १ सडकपुर बौनियाँ कैलालीले बौनियामा सीपमूलक तालिम सञ्चालन हिजो बाट भएको थियो । संस्थाले दुई दिनको सीपमूलक तालिम सञ्चालन गरेको हो । शाखा कार्यालय बौनियाँमा आबद्ध सदस्यहरु मध्ये १८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा सीपमुलक चुरा बनाउने तालिम प्रदान गरेको हो । 

 

 

तालिम आज सोमवार सम्पन्न भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाका शाखा प्रमुख नवीन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन नेपाल लाईफ इन्सयोरेन्स कम्पनी लिमटेड शाखा कार्यालय बौनियाका प्रमुख डम्मर बहादुर बुढाको प्रमुख आतिथ्यमा एक समारोहका बीच तालिम समापन गरिएको हो । समापन कार्यक्रममा विशिष्ट अतिथि सीपमूलक तालिम वित्तीय संस्थाका तालिम प्रशिक्षक राजु पासवान रहनु भएको थियो ।

तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि बुढाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे । उनले ब्यबसाय संचालन गर्न  सिकेका सीप उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा लिएको ज्ञानले ब्यबसाय संचालन गरि आयआर्जन गर्न सके मात्र तालिमले सार्थकता पाउने बताउनु भयो ।

समापन समारोहमा सहभागी सरिता चौधरीले ब्यापार गर्ने सोचले चुरा बनाउने सीपमूलक तालिममा सहभागी भएको बताईन् । हामी जस्ता गरिवले ठूलो ब्यबसाय गर्न सक्दैनौं सरिताले भनिन्, थोरै लगानीमा पनि ब्यापार गरि राम्रो आम्दानी प्राप्त गर्न सकिने भएकोले चुरा बनाएर व्यापार गर्ने सोच बनाएर तालिममा सीप सिक्न आएको छु ।

तालिमका अर्का सहभागी सरस्वती वि.कले घरमै बसेर चुरा बनाएर दैनिक १ हजारसम्म कमाउन सकिने बताईन् । अर्काकोमा बनिबुतो गर्नु भन्दा घर बसेर चुरा बनाउँदा दुई दिनसम्म घामपानीमा खटेर कमाईने ज्याला भन्दा दोब्बर कमाउन सकिने उनले बताईन् ।

आफुहरुले स्थानीय स्तरमै उत्पादन गरेको चुरा गुणस्तरीय तथा आकर्षक देखिने भएकोले थोक ब्यापारीहरु घरमा आएर चुरा लाने स्थानीय मिना चौधरीले बताईन् । चुरा बनाउन अफ्ठेरो छैन, मिनाले भनिन्, थोरै लगानीले पनि ब्यापार चलाउन सकिन्छ । अर्की तालिममा सहभागी सलिना चौधरीले चुरामा लगानी भन्दा दोब्बर आम्दानी हुने भएकोले सीप सिक्ने अबसर दिएर हामी गरिवहरुको ठूलो उपकार गरेकोले संस्थालाई धन्यवाद व्यक्त गरिन् ।

सम्पन्न कार्यक्रममा बोल्दै थापाले सीप सिकाई रोजगारीको ब्यबस्था गर्ने उद्देश्यले २ दिने चुरा बनाउने तालिम संचालन गरेको उहाँको भनाई छ तालिमबाट यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गराएको थापाको भनाइ थियो।

यो भन्दा पहिले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँले दाल मोट भुजिया तालिम सञ्चालन गरेको थापाले बताउनु भएको थियो । थापाका अनुसार दाल मोट भुजिया तालिम सिकेर संस्थाका सदस्यहरुले विभिन्न मेला महोत्सवमा बिक्री वितरण गरी जिविको पार्जन गरेको आफनै आँखाले देख्न पाउँदा खुशी लागेको थापाले बताए । कार्यक्रमको सञ्चालन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँका कर्मचारी नारायण ढुङ्गानाले गर्नु भएको थियो ।

हालै संस्थाले महेन्द्रनगर जिल्लाको झलारीमा १३० जना महिला,कैलालीको गोदावरीमा ९६ जना तथा कञ्चनपुर पुनर्वासमा १२५ जना, र चौमाला १२०, सदस्यहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमूख थापाले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट( घ) वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय काठमाडौंको वनेपामा स्थापना गरी २०६६ साउन ८ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म संस्थाले ४५ वटा जिल्लाहरुका ९१ शाखा कार्यालयहरु मार्फत करिब १ लाख २०  हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले मिति २०७८असोज महीना सम्मको रेकर्ड अनुसार करिब ६ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट २ अर्ब ७४ करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९