नगद पुरस्कार सहित पत्रकार विक सम्मानित

लम्की,कैलाली/कैलालीका लम्की क्षेत्रबाट विगत लामो समय देखि सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनराज विक अविरल नगद पुरस्कार सहित सम्मानित भएका छन् । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभामा शुक्रबार गोदावरीको ओलानीमा सम्मानित भएकाहुन् । कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले फुलमाला दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । 

लम्कीबाट प्रकाशित हुने कैलाली पोष्ट राष्ट्रिय दैनिकका अतिथि सम्पादक, अनुमोदन राष्ट्रिय दैनिकका संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिब धनराज विक अविरलले सामाजिक विषयको उठान गरि परिवर्तनको पक्षमा निरन्तर कलम चलाउदै आएकोले सम्मान गरेको सहकारीका अध्यक्ष कृष्ण विकले बताए । 

खोज पत्रकार विकको समाचारले धेरैले नयाँ जीवन पाएकाछन् । सामाजिक सवालको उठान गर्दै पत्रकारिता मार्फत अधिकारको खोजी गर्न समाचारले उत्पे्ररणा दिएको छ । अवरिलको समाचार लेखनको प्रशंसा गर्दै अध्यक्ष विकले भने –“पत्रकार विकको समाचार लेखनले समाजमा न्याय गरेको छ । गरिबीका कारण औषधी उपचारको समस्यामा रहेकाहरुले समाचारकै प्रभावका कारण उपचार गर्न पाएकाछन् । मानवीय चेनताको सन्देश र सामाजिक रुपान्तरणमा पत्रकारिता र मानव अधिकारकर्मीको भूमिकाबाट उल्लेखनीय योगदान दिई सम्मान योग्य भएकाले नगद पुरस्कार सहित सम्मान गरिएको हो ।”
 
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि दिर्घ बहादुर सोडारीले सम्मानित विकको समाचार लेखन र सामाजिक योगदानको बारेमा प्रशंसा गरेका थिए ।
सम्मानित भएका विक २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा दैनिक, टीकापुर दैनिकमा समेत काम गरेका विकले सामुदायिक रेडियो टीकापुरको एफएमको स्थापना कालदेखि नै काम गर्दै आएको बलप्रसाद न्यौपानेले बताए । उनले तत्कालीन समयमा  जातीय छुवाछुतका विरुद्ध संचालन गरेको रेडियो कार्यक्रम समानताका स्वरहरुको अहिलेसम्म पनि समाजमा प्रभाव रहेको न्यौपाने बताउछन् । लम्की खबरका अतिथि सम्पादक समेत रहेका विकले लम्कीचुहाको बलियामा रहेको जनता एफएम संचालनमा समेत सहयोग गरेकाछन् । 

एकीकृत समाजवादीका युवानेता कृष्ण पुनेबाटीले जनप्रिय पत्रकार, साहित्यकार तथा मानवअधिकारकर्मी विकले समाजमा सम्मानित हुनेगरि काम गर्दै आउनु भएको बताए । बहुप्रतिभा भएका विक जताततै सम्मानित भएको देखेपछि उहाँको बारेमा गहन अध्ययन भएको थियो । उत्पीडित समुदायको व्यक्तिले सबैको मनजित्ने गरि सामाजिक परिवर्तनको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकाले गर्व महसुस गरि सम्मान गरेको उनले बताए । विक समुदायको सम्पत्ती भएकोले यसको संरक्षण र प्रवद्धन गर्न आवश्यक रहेकोमा पुनेबाटीले जोड दिए ।  

कैलाली जिल्लामा मनोसामाजिक समस्यामा मनोपरामर्श सेवा प्रदान गरि चर्चित मनोसामाजिक परामर्शकर्ताको पहिचान बनाउन सफल भएको भन्दै सम्मान कार्यक्रममा विकको चर्चा गरिएको थियो । विकले विगत ८ बर्षदेखि कैलाली जिल्लामा मनोसामाजिक परामर्शकर्ताको भूमिकामा सक्रिय रहेर योगदान दिदै आएको शिक्षक गणेश विकले बताए ।
  
सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका विकले समाजमा सम्मानित हुनेगरि नै राम्रो काम गर्दै आएको शिक्षक रोशन बोहरा बताउछन् । उहाँले समाचार लेखेका र परामर्श सेवा दिएका व्यक्तिहरू संग मेरो भेट भएको छ । उनीहरुले भनेकाछन् – “तँपाई सँग भेट नभएको भए म मरि सेकेको हुने थिए । यो मेरो उपहारको जीवन हो । मेरो जीवनमा भगवान बनेर मलाई बचाउनु भयो ।” यसरी मानिसको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरि गरिएकै कामको प्रतिफल स्वरुप विक सम्मानित हुँदै आएको उनी बताउछन् । 

सम्मानित भएका विकले समाजले सम्मान गरेर थप काँधमा जिम्मेवारी थपिएको बताए । समुदायले माया गरेर मलाई गरेको सम्मान जस्तोसुकै अवस्थामा पनि खेर जान दिनेछैन । सामाजिक काममा निरन्तर लागि पर्ने भन्दै सम्मान गर्ने सहकारीको विकासमा सधै सहयोग गर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९