पीरमर्का बुझ्दै सांसद साउँद:बिहानदेखि बेलुकासम्म जनताको घर भेटघाटमा ब्यस्त

कैलाली-मौसम राम्रो संग खुलेको थिएन । हुस्सो लागेर चिसो थियो । चिसो मौसममा रातो रंगको मोटरसाइकलमा सुदूरपश्चिम प्रदेशको राजधानी बाट प्रदेश सांसद नन्द बहादुर साउँद राजेन्द शनिबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ६ चैनपुरमा आइपुगे ।चैनपुर साउँदको निर्वाचन क्षेत्रपनि हो । साउँद कैलालीको क्षेत्र नम्बर २ ख बाट नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित भएका थिए । निर्वाचनमा जनता संग बाचा गरे बमोजिम धेरै योजना र बजेट बिनियोजन गरेर साउँद यस क्षेत्रमा लोकप्रिय बनेका थिए । 

 

मेलमिलाप एकता समाजले लम्कीचुहा ६ चैनपुरमा शनिबार आयोजना गरेको सम्मान तथा समूह पासबुक बितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा जनतालाई सम्बोधन गर्न साउँद गाउँ आएका थिए । चैनपुर गाउँमा पुगेपछि साउँदले बुवा गुमाएका हर्क बुढाको घरमा सबैभन्दा पहिले समवेदना व्यक्त गर्न जान चाहेका थिए । आयोजकले कार्यक्रममा सहभागी हुन अनुरोध गरेपछि साउँद रोकिएका थिए । 

सांसद आउने थाहा पाएपछि गाउँलेहरु पनि जम्मा भएका थिए ।

औपचारिक कार्यक्रम सुरु भयो । साउदँले सम्झिए, चैनपुर जनयुद्धको आधार क्षेत्र हो । यस क्षेत्रका जनताले जनयुद्ध सफल पार्न खेलेको भूमिकाको दिल खोलेर प्रशंसा गरे । शहिदहरुले रगत बगाएको माटो हो भन्दै त्यस क्षेत्रका जनताको भावनाको सम्मान गरेका थिए । आफूलाई विजय गराउने जनताको योगदानको कदर गर्न धेरै योजना हालेको र फेरी पनि प्राथमिकतामा राखेर सहयोग गर्न तयार रहेको उनले बताए ।आत्मनिर्भर बन्न आयआजर्नको काममा लाग्नुपर्नेमा जोड दिए । पशुपंक्षी र खेती गरेर कृषिमा क्रान्ति गर्नुपर्छ । कसैले पनि जमिन बाँझो राख्नु हुँदैन । सामुदायिक बनको खाली जमिनमा पनि खेती गरेर आम्दानी गर्न सकिन्छ । आर्थिक समृिद्घको लागि केहीन केही काम गर्नैपर्छ खालि बस्न नहुने बताए । 

 

कार्यक्रममा धेरै बाजुराका र संगै जनयुद्ध लडेका साथीहरुको उपस्थिति देखेपछि बाजुराको स्याउ बारीमा आफू पुगेको स्मरण गरे । उनले भने “बाजुराको स्याउको प्रचार हुन सकेन जस्का कारण बाजुराको स्याउले बजार पाएन । जुम्लामा नियमित खाने मार्सी धानको कहिल्यै प्रचार भएन । काठमाण्डौंमा नेताहरुले मार्सी धानको भात खाएपछि विश्वमै मार्सी धानको प्रचार भयो ।” 

एक फरक प्रसङ्गमा साउँदले आफू भ्रमित रहेको र बास्तविकता केही बर्षपछि छर्लङ्ग बुझ्दै गएको बताए । तत्कालीन समयमा आफू निकट बताउने साथीहरुले पार्टीप्रति इमानदार नैतिकवान साथीको बारेमा झुटो सुचना दिएको स्मरण गरे । आफूलाई झुटो सुचना दिनेहरुनै समयले गलत प्रमाणित गरेको उनले बताए ।

देश बचाउनको लागि माओवादीले चुनाव जित्नैपर्ने बताए । माओवादीले चुनाव नजित्ने हो भने जनयुद्धबाट प्राप्त परिवर्तन सबै गुम्ने र देशमा परिवर्तनकारी माथि घेराबन्दी हुने खतरा रहेकोले माओवादीले चुनाव जित्नैपर्ने साउँद बताउछन । चुनाब जित्नको लागि जनताको बीचमा गएर माओवादीले देश र जनताको लागि खेलेको भूमिकाको बारेमा जानकारी गराउनु पर्ने उनले बताए । 

केपी शर्मा ओलीको बेइमानीको कारण पार्टी एकता टुटेको साउँले दाबी गरे । जनमतको उपमान गरि राजतीतिक इमानदारिता नराखेकै कारण बुहुमतको सरकार ओलीकै कारणले गुमाउनु परेको हो । कार्यक्रममा सामाजिक परिवर्तनमा पत्रकार तथा मानवअधिकारकर्मी धनराज विक र महिला नेतृ बिष्ना बिसी सपनाको सामाजिक योगदानको समेत सांसदले प्रशंसा गरेका थिए ।

 

निमार्ण भएका भौतिक संरचनाको अनुगमन, काम छिटो समपन्न गर्न निर्देशन

 

सांसद साउँदले आफूले पहल गरेर सरकारबाट ल्याएका योजनाको अनुगमन गरेकाछन् । चैनपुर खेलमैदानमा बन्दै गरेको बहुबर्षिय सभाहल बीचैमा रोकिएको देखेपछि किन काम रोकियो भनेर सोधेका थिए । वास्तवविकता बुझ्न शहरी विकास कार्यालय धनगढीका प्रमुखलाई साउँदले बन्न लागेको सभाहलमा उभिएर फोन गरेका थिए ।

कामको ठेक्का कस्ले लिएको हो ?किन ढिला भयो भन्दै काम छिटो संचालन गर्न निर्देशन दिएका थिए । सांसद साउँदले श्री शम्भु सुनन्दा युवा क्लबको खेलमैदानमा घेरबार, प्याराफिट निमार्ण, सिचाईको लागि बोरिङ र श्री शम्भु सुनन्दा विद्यालयको घेरबार निमार्णको लागि दिएको योजनाको अनुगमन गरेका थिए । केही योजजनामा कामदारले ज्याला नपाएको सांसद संग गुनासो गरेका थिए । साउँदले त्यसको लागि आफूले पहल गर्ने विश्वास दिलाए । 

 

विकास निमार्ण र समुदायका समस्याको बारेमा जनताको घरमा छलफल

 

भौतिक संरचनाको अनुगमन गरेपछि सांसद साउँद स्थानीय भरत बिकको घरमा गए । सांसद घरमा गएपछि गाउँलेहरु पनि जम्मा भए । नेकपा माओवादी केन्द्रका स्थानीय देखि केन्द्रिय नेतासम्म सांसदको साथमा थिए । स्थानीय पार्टीका कार्यकर्ताले सांसदलाई जनताको घरमा पुगाउन सहयोग गरेका थिए । 

भरत बिकको घरमा विकास निमार्णका कामको बारेमा चर्चा भयो । सांसदले खेलेको भूमकाको जनताले प्रशंसा गरे । पहिले भन्दा अहिले विकासका धेरै काम भएको पनि बताए । तर काममा पार्दशिता नभएको गुनासो जनताले सांसदलाई सुनाए । 

भरत बिकले भने “तपाईले योजना दिएर राम्रो गर्नु भयो तर स्थानीय स्तरमा योजना कार्यन्वयन सही तरिकाले नभएको बताए । बेलाबेला यसरी नै आएर अनुगमन गर्ने हो भने काम सहि तरिकाले हुने बिकले विशवास व्यक्त गरे ।”

 

फलफुल लिएर पुगे सांसद किरिया पुल्तीको घरमा, परिवारलाई दिए समवेदना 

 

परिवारको सदस्य गुमाएका स्थानीय हर्क बुढाको घरमाा बिहानै भेट्न खोजेका थिए साउदँले । गाउँमा आयोजना गरिएको कार्यक्रम ब्यस्तताको कारण चाहेर पनि पुग्न सकेनन् । साँझको ६ बजेतिर बुवाको निधनका कारण शोकमा डुबेको हर्क बुढाको परिवारलाई फलफुल लिएर भेट्न पुगेका थिए । 

चिसोेका कारण आगो तापेर बसेका शोकाकुल परिवारलाई सांसदले नमस्कार गरे । मृतकप्रति श्रद्धाञ्जली दिएर शोकमा रहेको परिवारलाई समवेदना प्रकट गरे । परिवारका सदस्य सबै किरियामा बसेको देखेपछि स्थानीय नेकपा माओवादी केन्द्रका पार्टीका कायकर्तालाई सामान ओसारपसारमा आवश्यक सहयोग गर्नु भने । हर्क बुढा हार्दिक भनेर चिनिने माओवादीका पुराना इमानदार कार्यकर्ता हुन । साउँद बुढाको परिवार संग आधा घण्टाजति बसेका थिए । 

 

खोलाले आवतजावतको समस्या भएको ठाउँमा कल्भर्ट निमार्ण गर्ने प्रतिवद्धता 

 

दिउँसो भएको कार्यक्रममा सहभागी सर्प बिकले एकपटक आफ्नो घरमा आउनलाई सांसदलाई अनरोध गरे । दिनभरि कार्यक्रम र भेटघाटमा ब्यस्त रहदा साँझको करिब ७ बजिसकेको थियो । आउछु भनेर बचन दिएका सांसदले बचन पूरा गर्न जनताको अनुरोधको सम्मान गर्न घरमै भेट्न गए । घरमा पुगेपछि बिकले सांसदलाई स्वागत गरे । घर नजिकै रहेको खाला देखाए ।  

यही खोलाको कारण बर्षौदेखि खेतको आलीमा हिडेको दुःख सुनाए । विकले सम्झाए चुनावको बेला हजुर खेतको आलीमा हिडेर नै बुहारी विश्ना बिसी सपनाले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न हजुर आउनु भएको थियो । 

 

यही खोलाको कारण चैनपुर र बावनपुरका केही मानिसलाई आवतजावत गर्न सास्ती भएको बताए । जनताको समस्या सरकारले हल नगरि दिए जेब्रोले (डोरीले) पासो लगाएर मर्छु भनेका थिए बिकले । सांसद साउँदले सरकार जनताकै साथमा रहेको बताउदै तकाल कल्भर्ट निमार्णको लागि पहल गर्ने र बिस्तारै व्यवस्थित मार्ग बनाउन सहयोग गर्ने बताए । 

साउँदले भने “ समयमै मलाई समस्याको बारेमा जानकारी भएको भए पहिले नै पहल गर्थे । फेरिपनि सहयोगका लागि भूमिका खेल्ने बताए । जनताको घरमा रातीको समयमा भेट्दै साउँद चैनपुरबाट फर्केका थिए । जनताको समस्या सुनि दिएकोमा गाउँलेले सांसदको सरल व्यवहारको प्रशंसा समेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो’

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताउनुभएको छ ।काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग सक्षात्कार गर्दै उहाँले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन,  जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् ।यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९