बौनियाँ, कैलालीको लम्कीचुहा -६ मा नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्र कठायत विजयी भएका छन्।
कठायत ९८७ मतकासाथ विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीबाट मिलन चन्दले ९४७ मत प्राप्त गरे । सुरुवाती चरणमा चन्दको अग्रता रहेकोमा अन्तिममा भने उक्त अग्रतालाई कठायतले उल्ट्याई दिए।
यस अघिको स्थानीय चुनावमा पनि उक्त वडामा कांग्रेस उम्मेदवार नेत्र मगर विजयी भएका थिए। हाल उक्त वडा कांग्रेसको बर्चस्व रहेको वडाको रुपमा हेरिन्छ

































































































































































