बौनियाँ जेसीजले गर्‍यो नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बौनियाँ जेसीजले बिहीबार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई सहित सम्मान गरेको हो ।

 

 

 

कार्यक्रममा पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित ) संगै उपस्थित ५ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।

 

बौनियाँ जेसीजका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नवनिर्वाचित पालिका अध्यक्ष कर्ण कुवर रहनु भएको थियो ।

 

सम्मान कार्यक्रममा पालिका अध्यक्ष कुँवरले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा ,स्वास्थ ,खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।

 

कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष लालदिपले बर्दगोरियालाई शिक्षा स्वास्थ्य खानेपानी लगाएतका मुद्दासहित यहाँको पर्यटन ,कृषि क्षेत्रको समस्या र यसको व्यवसायीकरण र लगानि तथा अनुदान, कृषिमा युवापुस्ताको बढी सहभागी गराई रोजगारीको क्षेत्रमा समेत टेवा पुर्याउने गरि काम गर्ने बताए ।

 

कार्यक्रममा अतिथिका तर्फबाट वडा नम्बर १ का अध्यक्ष मितुन गौतमले बर्दगोरियालाई विकास र आर्थिक समृद्धिको दिशा तर्फ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे । उनले जसरी आफुलाई जनताले अमुल्य मतदान गरि जिताए सोही भावनाको कदर गरि उनीहरूको दुख सुखमा सधै साथ दिने बताए । उनले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरागर्ने गरि काम गर्ने बताए । कार्यक्रममा स्वागत मन्तवय बौनियाँ जेसीजका कानूनी सहलाकार चक्र शाहीले गर्नु भएको थियो ।

 

कार्यक्रमको संचालन बौनियाँ जेसीजका वर्ष २०२२ का महासचिव वीर बहादुर विष्ट गर्नु भएको थियो ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९