जेठ १५,बाैनिया- महिला तथा बालबालिका शाखा बर्दगाेरिया गाउपालिका काे आयाेजनामा जेठ ११ गते बाट सुरु भएको ५ दिने हाते पेन्टिङ्ग तालिम आज आइतबार सम्पन्न भएको छ ।
गाउपालिका उपाध्यक्ष गणेशराज गिरिकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी २५ जना महिलाहरूलाई सहभागिताकाे प्रमाणपत्र वितरण गर्नु भएको थियाे । समापनकाे अवसरमा बाेल्दै गाउपालिका उपाध्यक्ष एवम् समापन कार्यक्रम का अध्यक्ष गिरिले तालिमबाट सिकेको सिपलाइ दैनिक जिवनमा अबिलम्बन गर्न आग्रह गर्नु भएको थियाे । साे अवसरमा अगाडि बाेल्दै गिरिले कुनै पनि तालिम बाट प्राप्त हुने सीप आफैमा नराम्रो नहुने तर तालिम लिनेहरुले कसरि अभिलम्बन गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुने बताउदै त्यस तर्फ सबैले ध्यान दिनुपर्ने कुरामा सचेत रहनु पर्ने कुरा उल्लेख गर्नु भएको थियाे ।
महेश्वरि राना काे प्रशिक्षणमा सञ्चालन भएको साे ५ दिने कार्यक्रमकाे समापन समाराेहकाे सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पानमति रानाले गर्नुभएको थियाे । तालिममा गाउपालिका भित्रका विभिन्न महिला समुहमा आबद्ध २५ जना महिलाहरुकाे सहभागिता रहेको थियाे ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































