प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। सांसद केसीले शनिबार राति ९ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको बताएकी छन्। उनले विश्व महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट आफू पनि अछुतो नभएको र केही समययता आफूँसग सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन आग्रह गरेकी छन्। विश्व महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट म पनि अछुतो रहिनँ। पिसिआर जाँचबाट पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता यता मेरो क्लोज कन्ट्याक्टमा रहनुभएका सम्पूर्ण लाईसेल्फ आइसोलेट तथा पिसिआर जाँच गराउनु हुन अनुरोध गर्दछु उनले लेखेकी छन्। सांसद केसीले बाँकेमा कोरोना संक्रमण हुनुपूर्व नै कोभिड १९ रिलिफ फन्डमार्फत् राहत कार्यक्रम सुरू गरेकी थिइन्। अहिले पनि उनी सोही अभियानमा सक्रिय थिइन्।




























































































































































