सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा कोरोनाबाट मृतक देउवाको परिवारलाई ५ लाख ५७ हजारको चेक ह्तान्तरण

बौनियाँ,कैलाली । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु ५ लाख ५७ हजारको मत्यु दाबी भुक्तानी हस्तन्तरण गरिएको छ ।

 

कोरोनाको कारण मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा न ६ का वडा सदस्य समेत रहेका मृतक देउवाको २०७८ साल वैशाख १३ गते कोरोना रोगबाट मृत्यु भएको थियो । 

 

बीमितको घर आगनमा गई रु पाँच लाख ५७ हजार बीमित स्व.जमान सिंह देउवाको परिवारलाई कम्पनीले रु पाँच लाख ५७ हजारको मत्यु दाबी भुक्तानी रकम दिएको हो। 

 

कोरोनाको कारण मृत्यु भएका देउवाका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धनगढी कैलालीका शाखा प्रमुख लक्ष्मीकान्त जैशी,तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य प्रबल रोकाया, मृतक देउवाकी धर्मपत्नी लक्ष्मी ठकुराठीलाई बिमाङ्क रकम र बोनस बाफत ५ लाख ५७ हजार बराबरको चेक हस्तान्तरण गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लम्की उप-शाखा प्रमुख डम्बर बहादुर न्यौपानेले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनुभएको छ । 

 

मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चुहा उपशाखाका सभापति समाजसेवी तथा युवा नेता टंक जोशी, कम्पनीका अभिकर्ता लोकराज जोशी, कम्पनीका कर्मचारी विष्णु भण्डारी लगायतकाको उपस्थिति रहेको थियो ।
 

कम्पनीले ३ वर्ष अघि १५ वर्षे अवधीका लागि ५ लाखको जीवन बिमा गर्नुभएका स्वर्गीय विमित जमान सिंह देउवाको परिवारलाई ५ लाख ५७ हजार मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

 

देउवाले सन नेपाल लाइफ इन्स्योरेन्समा जिवन बिमा गराएका थिए । करीब ५ लाख ५७ हजारको जिवन बिमा गराएका देउवाको तीन बर्ष पहिले ३ किस्ता मात्र बुझाए पछि निधन भएको थियो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति लक्ष्मी ठकुराठीले आफुहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । उनले श्रीमानको मृत्यले दुखित भए पनि परिवारका लागि बिमा रकमले सहयोग पुगेको बताइन् । 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?