सांसद झपट रावलको जनप्रिय काम /१३ बर्ष पछि सेती लोकराज मार्गमा तीन ठुला पुलको ठेक्का

बौनियाँ,कैलाली: सुदुरपश्चिम प्रदेशको गौरव आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अहिले चार चरणमा सुरु भएको छ । त्रिदेशीय नाका जोड्ने यो सडकले कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको नाका ताक्लाकोट जोडने छ ।

 

 

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको कुइरा नदीमा पक्की पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रवार टेन्डर आह्वान गरेको हो । 

 

 

सोही सडकमा पर्ने मोहन्यालको झाप्री खोला र बर्दगोरियाको काँडा खोलामा भने मन्त्रालयले गत माघ २० गते नै टेन्डर खोलिसकेको छ । कुइरा नदी सँगै कैलाली निर्वाचन क्षेत्र नम्बर २ भित्र सो सडकमा ३ वटा पक्की पुल बन्ने निश्चित भएको छ । अन्य दुई वटा पक्की पुल लोक मार्गका लागी आवश्यक ठानिए पनि कुइरा नदीमा बन्ने पक्की पुललाई भने झनै महत्त्वका साथ हेरिएको छ । यो पुल निर्माण भए पहाडी क्षेत्रका नागरिकलाई सँगै बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ३ बासीलाई वरदान साबित हुने छ ।

सडक निर्माणका क्रममा रुख कटानको आदेश प्राप्त नहुँदा लामो समयदेखि काम प्रभाबित हुदै आएको थियो भने अन्य ठेक्का प्रकृया पनि अगाडी बढ्न सकेको थिएन । सेती लोकमार्गको काम भने अपेक्षा अनुसार अगाडी भने बढ्न सकेको छैन । कैलालीको बौनियाँ, डोटी कैलालीको सिमाना,साँफेबगर देखि चित्रे तर्फ र उत्तरी खण्ड तर्फको घुघुरकोट देखि ३० किलोमिटर सडक स्तरउन्नतीको काम अहिले चलिरहेको छ ।

 

 

पक्की पुलको अभावमा सो वडाका स्थानीयहरूले बर्सादमा ज्यानै जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ भने कतिपयको ज्यान समेत गइसकेको छ । पुल निर्माण गरी आवागमनमा सहज बनाइदिन स्थानीयहरूले बारम्बार सरकार सँग माग गर्दै आएका छन् । जसका कारण सोही वडावासीलाई सहज हुने गरी कुइरा नदीमा झोलुङ्गे पुल समेत निर्माण हुने तयारीमा छ । प्रदेशकै गौरवको आयोजना भए पनि सेती लोक मार्ग निर्माणको काम भने ओझेलमा पर्दै आएको थियो । तर सरकारको दूरदृष्टि र जनताका जुझारु प्रतिनिधीहरुका कारण पछिल्लो समय आयोजनाले गति लिन थालेको छ । लोक मार्गमा ट्र्याक खोल्ने काम समेत जारी रहेको छ ।

बिगत दुई वर्षसम्म केहि काम हुन नसकेको लोकमार्गको यो पटक भने दुई वटा पुल निमार्णको काम अगाडी बढेको छ । लोकमार्गको कैलाली खण्डमा दुई वटा पक्की पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । लोकमार्ग अन्तर्गत काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल बन्न लागेको सेती लोकमार्ग साँफेबगर कार्यालयका प्रमुख राजेश कुमार यादवले बताए ।

 

सेती लोकमार्ग अन्र्तगत पर्ने यी दुई पुल सबै भन्दा ठुलो रहेको समेत उनले बताए । उनले भने,‘सेती लोकमार्गमा १५ वटा पुल बन्ने छन् त्यस मध्ये भर्खर टेण्डर गरिएको पुल सबै भन्दा ठुलो हो,अन्य पुलको डिजाईनको काम पनि भईरहेको छ । अरु केहि साना साना कल्भटहरु छन् ।

 

निमार्ण हुने दुई वटा पुल ८० करोडको रहेको छ ।’ दक्षिणी खण्डको यो वर्ष कामको सम्पुर्ण ठेक्का गरिसक्ने आयोजना प्रमुख यादवले बताए ।रुख कटानको आदेश प्राप्त हुने अन्तिम चरणमा रहेको समेत यादवले बताए । उनले भने,‘अहिले अबको केहि महिनामा रुख कटानको आदेश आउछ,कामको सकारात्मक नतिजा दिने पहलमा छौ,यहाँका जनप्रतिनिधि नेताहरुसंग समन्वय गरिरहेको छु,ठेक्का लगाउनु पनि ठुलै काम हो,यो वर्ष ठेक्काको सम्पुर्ण काम सक्ने गरी लागी परेको छौ।’

 

अबको एक बर्षमा ट्रयाक खोलिसक्ने गरी यो वर्ष ठेक्का व्यवस्थापन गरिसकिने गरी काम अगाडी बढाईएको यादवले बताए । बजेटको अभाव कहिले पनि नभएको तर काम नहुनु प्रमुख समस्या रहेको यादवले बताए । डोटीमा ४२ किलोमिटर र कैलालीमा २८ किलो मिटर ट्रयाक खोल्न बाँकी रहेको छ । मुख्य डोटी क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । यो वर्षको सेतीलोकमार्गको दक्षिणी खण्डका लागी ३० करोड बजेट रहेको छ । दक्षिणी खण्डको लम्बाई २४२ किलोमिटर रहेको छ । अहिलेसम्म १२५ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।

 

यहाँका स्थानीय बासिन्दाहरु सेती लोकमार्ग बन्छ भन्ने कुरामा आशंका रहेको बताउँछन् । स्थानिय बासिन्दाहरुको भनाई अनुसार राजनितिक दल,जनप्रतिनिधिहरुको चासो नहुदाँ सेती लोकमार्गले तिब्रता पाउन नसकेको बताउछन् । उनले भने,‘वर्षेनी बजेट आउछ फ्रिज जान्छ,थुपै पटक डेलिगेसन लिएर गयौ तर कसैबाट सुनुवाई हुदैन । यो मार्ग बन्ला र सहज होला भन्ने त हाम्रो सपना नै हुने भयो । सेती लोकमार्गलाई नेताहरुले चुनाबी नारा मात्र बनाउने गरेका छन् ।’

 

सुदुरपश्चीम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाई अहिले करिब २ सय ६० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय २९ किलोमिटरमा झर्नेछ । जसले गर्दा यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ ।

 

सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, जडिबुटीको प्रचुर सम्भाब्यता, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ । बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि सहर बजार सम्म सहज पहुँच हुनेछ । 

 

 

आव २०६५/६६ मा निर्माण शुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकता प्राप्त सडक आयोजना हो। कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्मको खण्डलाई दक्षिणी खण्ड र बझाङ सदरमुकाम चैनपुरदेखि उत्तरतर्फ रहेको सिमानाका ताक्लाकोटसम्मको खण्डलाई उत्तरी खण्डको नाम दिई यो सेती लोकमार्ग निर्माणाधीन छ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९