धनगढी/सुदूरपश्चिम प्रदेशमा भोलि(पुष)२९गते सार्वजनिक विदा दिइएको छ। प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले विदाबारे जानकारी दिएका छन्।
मन्त्रीपरिषद् बैठकले भुवा पर्वमा विदा दिने निर्णय गरेको थियो।
































































































































































