कैलाली । समुदायको सेवामा सामुदायिक वन, उपभोक्ताको सामुदायिक वन समुदायको शान बन्दै गएको छ । नेपालका कुनाकन्द्रामा रहेका सामुदायिक वन विश्वमा नै नमूना बन्न सफल भएका छन् । पछिल्लो समय सामुदायिक वन उपभोक्ता समूहको जीविकापार्जन माध्यम बनेका छन्। समुदायमा आधारित सामुदायिक वन स्थानीय उपभोक्ताकै हितमा छन् ।
सामुदायिक वन बैकल्पिक आम्दानीको बाटो रोज्दै समुदायलाई जीविकोपार्जनमा सहयोग गर्ने सफल भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको सामुदायीक स्वास्थ्य इकाई रानीकुण्डालाई रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहले सहयोग गरेको छ ।
रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाल सिंह विश्वकर्माले सामुदायीक स्वास्थ्य इकाई रानीकुण्डाका प्रमुख टीकाराम चौधरीलाई एउटा आराम बेन्च स्वास्थ्य इकाई रानीकुण्डालाई हस्तान्तरण गरेका हुन । बर्दगोरिया गाउँपालिका गाउँकार्यपालिका सदस्य भिम बहादुर विश्वकर्माले आराम बेन्चको लागि पहल गर्नु भएको थियो । 
नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।
नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ । सामुदायिक वन समूहले कुल आम्दानीबाट २५ प्रतिशत वन विकासमा, ३५ प्रतिशत गरिब तथा विपन्नको जीविकोपार्जनमा र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको छन् ।
रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको कार्यले सामुदायिक वनले सामुुदायिक सेवामा निकै राम्रो काम गरेको देखिन्छ।


































































































































































