सेनिटरी प्याड पाएपछि छात्रा खुसी, ‘नियमित विद्यालय आउँछौँ’

देउखुरी, ९ फागुन  : घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भन्नुभयो, “अब नियमित विद्यालय आउँछु, महिनावारी भएको समयमा प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।” सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन् । घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महिनामा चार दिन विद्यालय अनुपस्थित रहने गर्नुहुन्थ्यो । “अब सधैँ विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो पनि बढेको छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि यति राम्रो कार्यक्रम आयो राम्रो लागेको छ, अब त एकदिन पनि नबिराई विद्यालय आउँछु ।” किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् ।

 

विगतका वर्षमा विद्यालयले नै प्याड खरिद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि भने पालिकाले नै सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने र त्यहाँ अध्ययनरत छात्राहरूहरुलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरिद गरी सेनिटरी प्याड वितरण सुरु गरिएको छ । सोमबार रामपुर केन्द्र बनाएर १५ वटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ ।

 

सेनिटरी प्याड वितरणमा विगतमा विद्यालयलाई विद्यार्थी सङ्ख्या गनेर रकम दिने गरिएको थियो । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यका बारेमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट सःशर्त विनियोजन भएको रु ८६ लाख ३९ हजारमध्ये हाललाई पालिकाले नै आठ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरिद पहिलो महिनाका लागि वितरण सुरु गरेको छ । अब बाँकी प्याड वितरण कार्य भने ई–बिडिङमार्फत पालिकाले प्याड खरिद गरेर ५१ वटै विद्यालयमा वितरण गर्ने सामाजिक विकास महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो । घोराही उपमहानगरले २०७७/०७८ मा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो समयमा कोरोना भाइरसको महामारीले कारण विद्यार्थी विद्यालय नआएको हुँदा कार्यक्रम रोकिएको थियो । विसं २०७७ देखि पालिकाभित्रका कक्षा ४ देखि १२ सम्मका १३ हजार दुई सय २४ किशोरीलाई प्रतिविद्यार्थी रु ४२ का दरले रकम उपलब्ध गराएर सेनिटरी प्याड वितरण गरिएको महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

 

यो कार्यक्रममा माघदेखि असारसम्म ६ महिना लागु भएको तथा रु ८६ लाख ३८ हजार बजेटमध्ये रु ३३ लाख प्याड खरिदमा खर्च भएको उहाँले बताउनुभयो । महिनावारीको समयमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई किशोरीहरूको स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने छात्राको सङ्ख्यालाई कम गर्ने उद्देश्यले सरकारले अघि सारेको यो कार्यक्रमबाट किशोरीलाई फाइदा पुगेको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताउनुभयो । प्याड वितरणको समयमा छात्राको मुहारमा खुसी छाएको देख्दा आनन्द आएको उहाँको भनाइ छ । छोरी विद्यालयमा नियमित उपस्थिति हुने र पढाइलाई निरन्तरता दिन यो अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी), करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौँ, पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९