कैलाली । नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिकाको प्रथम बार्षिक सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्यसमिति कैलाली क्षेत्र न २ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस वर्दगोरिया गाउँपालिका पार्टी सभापति कृष्ण बिष्टकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्ट रहनु भएको थियो यस्तै विशिष्ट अतिथिमा महासमिति समिति सदस्य भक्त बहादुर थापा नेपाली कांग्रेस जिल्ला समिति सचिव केशव मिश्र रहनुभएको थियो ।
सम्मेलनमा उपस्थित सबैलाई बर्दगोरिया गाउँकार्य उपसभापति प्यारेलाल चौधरीले स्वागत गरे सँगै नेपाली कांग्रेस बर्दगोरिया शिक्षक संघका अध्यक्ष राकेश हमाल, लम्कि चुहा नगर सभापति इन्द्र कुँवर, नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का क्षेत्रीय सचिव बृजेश रावल, प्रदेश २ ख सभापति तेज प्रताप मल्ल जिल्ला समिति सचिव केशव राज मिश्र, महासमिति सदस्य ऋतु मुडभरी महासमिति सदस्य भक्त बहादुर थापा, जिल्ला सभापति नारायण दत्त भट्टले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले पार्टी भित्रै अन्तर्घात गर्नेलाई अब हुने क्रियाशील सदस्यता नविकरणमा वडा तह बाटै रोक लगाउन र विगतका चुनावमा भए गरेका गल्ती कमीकमजोरीहरू सुधारेर पार्टीलाई संगठित रूपमा गभिर भएर बलियो र सुदृढ बनाउन तिर लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । पार्टी प्रति कुनै प्रश्न प्रतिक्रिया भए ठाउँमै सकरात्मक रूपमा सुझाव दिन आग्रह गर्दै व्यतिगत रिसिबी अथवा पार्टी भित्रका असन्तुष्टि सडकमा चियापसल, भट्टी पसलमा गएर पार्टीलाई बदनाम गर्ने गरी नगर्न आग्रह गर्नु भएको थियो । साना किसान सहकारीको सभाहलमा आयोजना भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बर्दगोरियाका सचिव जगत बहादुर शाहीले सञ्चालन गर्नु भएको थियो ।






























































































































































