एनआरएनएलाई विधान अनुसार महाधिवेशन गर्न परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं, ३ असारपरराष्ट्रमन्त्री एनपी साउदले गैरआवासिय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औं महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिलाई उनले आइतबार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन् ।परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए । ‘हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरू विधानमा क्लियर हुनुपर्‍यो,’ साउदले भने, ‘विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनौट हुन्छ । कोही हार्छ कोही जित्छ । सबैभन्दा पहिले विधान क्लियर हुनुपर्छ ।’ उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा समेत जोड दिए । ‘हामीहरुको तपाईंहरूसँगको सम्बन्ध के हो, त्यो क्लियर हुनुपर्छ । तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुनहुन्न,’ मन्त्री साउदले भने, ‘हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधानबमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।’

 

उनले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराए ।संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रुपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्,’ परराष्ट्रमन्त्री साउदले भने, ‘त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ । साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाए । ‘स्वीकार्यताको कुरा तपाईंहरु ल्याउनुस्। जुन तपाईंहरुले भन्नुभएको छ त्यो मुद्दा (अदालतमा विचाराधीन) फिर्ता गरिदिनुस्,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले निर्णय गर्दाविधानअनुसार गर्नुपर्ने भएकाले निर्णयलाई आफ्नो पक्षमा टेकन फर ग्रान्टेडका रुपमा नलिनुस् ।’   परराष्ट्रमन्त्री साउदसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीले दुवै पक्षबीच आइतबारमात्रै एकताका लागि सहमति भएको जानकारी गराए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो ।

 

कार्यकारी अध्यक्ष केसी, उपाध्यक्ष आरके शर्मा र असन्तुष्ट भएको समूहबाट विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।   परराष्ट्रमन्त्री साउदलाई वाचन गरेर सुनाइएको सहमति पत्रमा आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने उल्लेख थियो । जसका लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ । उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिपरराष्ट्रधि छनोट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । एनआरएनएले विधान संशोधनलाई परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । मन्त्री साउदसँगको भेटवार्तामा गैरआवासीय नेपाली संघका तर्फबाट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष आरके शर्मा,  महासचिव डा. केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्व संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, एनसीसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसीसी यूकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ, प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९