काठमाडौं, । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्। सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो ।
काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...





















































































































































